latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), चैत २८

पाल्पाको रामपुरमा स्काउट सम्बन्धि तिनदिने तालिम अाजबाट सुरु भएको छ । नेपाल स्काउट जितापुर कृउकाे अायाेजनामा स्थानीय स्काउट कार्यालय रामपुर र रामपुर अङ्ग्रेजी अावासिय माध्यमिक विद्यालयकाे सहयाेगमा कार्यक्रम भएको हाे ।

विद्यालयका व्यवस्थापकिय निर्देशक सुर्यप्रसाद घिमिरेकाे अध्यक्षतामा भएको तालिमकाे रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्काउटको झण्डाेत्तलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको छ । उहाले याे कार्यक्रमले विद्यार्थीकाे सर्वाङ्गिण विकासका लागि महत्त्वपूर्ण सघाउ पुग्ने र जाेखिम अवस्थामा के कस्ता कुरामा ध्यान दिनुपर्ने सबै कुराकाे जानकारी हुने हुदा निरन्तर रूपमा स्काउटका गतिविधि अगाडि बढाउन अनुरोध गर्नुभएको छ । कार्यक्रममा ईलाका प्रसाशन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले यसबाट नैतिकता, अनुशासन लगायतका धेरै ज्ञानार्जन गर्न सकिने बताउनुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरुप्रसाद रेग्मीले बेला बेलामा विद्यालयले स्काउट सम्बन्धि विभिन्न कार्यक्रम गरिरहेकाे जानकारी दिनुहुदै यसले रामपुरमा राम्रो प्रभाव बनाउदै गएको बताउनुभएको छ । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहि, रामपुर स्काउटका सदस्य गणेश भारति लगायतले बाेल्दै स्काउट कार्यक्रम अति अावश्यक रहेको र यश कार्यक्रमबाट विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाउने बताउनुभएको छ । रामपुर नगरपालिका वडा नं ४ काे बाेहाेरीडाडामा शारीरिक व्यायाम गराउने कार्यक्रम रहेको रामपुर स्काउट संयाेजक सागर श्रेष्ठले जानकारी दिनुभएको छ । यश तालिममा काठमाण्डाैबाट ३० र रामपुर अङ्ग्रेजी अावासिय विद्यालयबाट ७१ जना विद्यार्थी सहभागी छन् । यश विद्यालयमा १५० जना स्काउटका विद्यार्थी अध्ययनरत छन् । स्काउट कक्षामा कक्षा ६ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी छन् ।

तीन दिनसम्म चल्ने तालिमको सहजिकरण नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही,सहायक प्रशिक्षक राेजिना शाहि, क्याम्प संयाेजक साईन थापा मगर, क्रियाकलाप संयाेजक रिकेश नगरकाेटि, ईन्चार्ज शिशिर तामाङ, अायुषा थापा, शशी खड्का, निहारिका डंगोल, प्रेम शाक्य, सुविना नगरकाेटि, अाशिफ थापा, राहुल शाहले गरिरहनुभएकाे छ । स्काउटिङ विकासको लागि वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा यश सम्बन्धि कार्यक्रम भईरहेकाे छ । रामपुर अङ्ग्रेजी अावासिय माविमा भएको कार्यक्रममा सहभागीलाई स्काउटका विद्यार्थी अनिशा भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन स्काउट सदस्य शिक्षक अनिल सुनारले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय