latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ चैत
रामपुर अस्पतालमा स्वागत तथा परिचयात्मक कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवी सन्दिप रानालाई स्वागत गरिएको छ । युवा समाजसेवी रानाले रामपुर अस्पतालमा ब्लड बैंक स्थापनाका लागि रेफ्रीजेटेर, अत्याधुनिक प्रविधि सहितको एम्बुलेन्स सेवा लगायतका आवश्यक उपकरणको व्यवस्थापनमा पहल गर्ने बताउनुभएको छ ।

अस्पतालको नयाँ भवनको अवलोकन गर्दै यस अस्पतालको क्षेत्र फराकिलो रहेको हुदा आफु पनि रामपुरकै स्थानीयवासी रहेकाले थप सेवा विस्तारमा सक्दो सहयोग गर्ने युवा समाजसेवी रानाले बताउनुभयो । अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले अस्पतालको सेवा प्रवाह सन्बन्धी जानकारी गराउनुभएको छ । नयाँ निर्माण भएको अस्पताल अब छिट्टै नै हस्तान्तरणको चरणमा रहेको हुदा अब अस्पतालको सेवा प्रवाह बिस्तार गर्दै जाने बताउनुभएको छ । महिला रोग, हाडजोर्नी, बालबालिका रोग बिशेषज्ञ डाक्टरको दरबन्दी व्यवस्थापन गरी यसले करिव ८०% स्वास्थ्योपचार सेवा दिन सकिने, डायलायसिस, आईसियु सेवा संचालन अति आवश्यकता रहेको डा परियारले जानकारी गराउनुभएको छ ।

नेपाली कांग्रेस रामपुर नगर कार्य समिति सभापति नेत्रप्रसाद भट्टराईले यस अस्पतालको सेवा क्षेत्र ठुलो रहेकोले यहाँ दिन सक्ने सम्पूर्ण सेवा संचालन भएमा बाहिर उपचार गर्न जाने झण्झट हट्ने बताउनुभएको छ । कार्यक्रमको संचालन अस्पतालका प्रशासन सहायक हिरा विकले गर्नुभएको हो । कार्यक्रम अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल (रमेश) को अध्यक्षतामा चलेको हो । कार्यक्रममा अस्पताल विकास समिति, कर्मचारी, पत्रकार, सामाजिक व्यक्तित्व लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय