बिन्दु थापा

पाल्पा जेठ २५

तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले आज एक कार्यक्रमको आयोजना गरी ७ जना दिर्घ रोगबाट ग्रसीत उपभोक्ता सदस्यलाई २५ हजारका दरले चेक प्रदान गरेको छ । समितिले तिन करोडको उपभोक्ता तथा कर्मचारी कल्याणकारी कोषको स्थापना गरेसंगै पहिलोपटक ७ जना उपभोक्ता सदस्यलाई रकम प्रदान गरेको हो । सबै उपभोक्ता तथा कर्मचारीको लागि केहि भएपनि राहत होस भन्ने उद्धेश्यले उपभोक्ता तथा कर्मचारी कल्याणकारी अक्षय कोषको स्थापना गरीएको र त्यसैमार्फत आज कार्यक्रमको आयोजना गरीएको तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

ग्लोबल आइ.एम.इ बैंकको मुद्धती खातामा तिन करोड रकम कोषका लागी राखीएको र त्यसको मुल रकमको ब्याजबाट रकम प्रदान गरीएको अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो “ सात जना उपभोक्ता सदस्यले आफुलाई प्राणघातक तथा दिर्घ रोग (मुटु, किड्नीमा समस्या र क्यान्सर ) लागेको र औषधी उपचार गराइरहेको आवश्यक कागजपत्र पेश गरी निवेदन दिएको र त्यहि अनुसार पच्चिस हजार सहयोग प्रदान गरीएको छ । ” यस्तै कल्याणकारी अक्षय कोषबाट “उपभोक्ता सदस्य तथा कर्मचारीहरु दिवंगत भएमा पच्चिस हजार संस्कार खर्च प्रदान गरीने गरिने छ ।
तानसेन खानेपानी उपभोक्ता समितिका सदस्य रेनुका बस्यालका अनुसार यो सेवा प्राप्त गर्नका लागि उपभोक्ता सदस्य (जसको नाममा धारा छ ) ले एक हजार शुल्क बुझाई यो सेवा लिन सक्ने व्यवस्था गरीएको छ भने प्रत्येक बर्ष एक सय तिरेर नविकरण गर्नुपर्नेछ । तानसेन उपभोक्ता समितिमा पाँच हजार बढी उपभोक्ता रहेका छन् । उपभोक्तालाई केहि सहयोग र राहत मिलोस भनेर यस्तो सेवा लिएको बस्यालकोे भनाइ छ
यसैबिच जिल्ला समन्वय समितिका प्रमूख टंकनाथ खनालले पछिल्लो समयमा खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले अत्यन्तै सह्रानीय काम गरेको बताउदै दिर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । यस्तै तानसेन नगरपालिकाका प्रमूख सन्तोषललाल श्रेष्ठले तानसेनमा खानेपानीको अभाव हटाउनकै लागि नया समिति गठन गरिएको र यो समितिले सोचेजस्तौ खटेर काम गरेर तानसेन नगरवासीलाई पानी प्रयाप्त पुराउन सकेकामा समितिलाई धन्यवाद दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले तानसेनमा आफुले अध्ययन गर्दा पानीको जटिल समस्या भोगेको भएपनि अहिले त्यो समस्या हटेको देख्दा खुसि लागेको बताउनुभयो । सुवेदिले तानसेन पर्यटकिय क्षेत्र र शिक्षामा निकै अगााडी भएकोले खानेपानीको पहुचमा पुग्न नसकेका सर्वसाधरणको घरमा सहज रुपमा कम महसुलमा पानी पुराउन तिर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै तानसेन खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष हरी रायमाझी, उपाध्यक्ष्ँ लालमने अदैपुन,सचिव प्रेम बहादुर मल्ल, नेपाली कांग्रेस जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला उपाधक्ष्य बिमल काफ्ले , एकिकृत समाजवादी पार्६ीका अध्यक्ष अशोक कुमार शाही, राष्टिय जनमोर्चा अध्यक्ष विशाल दर्लामी , रास्वपाका सह सचिव दिलिप घिमिरे, राष्टिय प्रजातन्त्र पार्टीका धुर्व खाती, नेकपा माओवादी केन्द्रका मथुरा ९काल लगाएतले बोल्दै तानसेनमा विद्युतिय समस्याका कार०ा अझैपनि प्रयाप्त खानेपानी संकलन गर्न समस्या भएकोले संकलन टंकी निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने, दक्ष इन्जीनियर राख्नुपर्ने, अझैपनि समितिले खानेपानी मूहान संरक्षण गर्ने र उपभोग निशुल्क गरीरहेका उपभोक्ताहरुलाई नियममा बाधेर लैजानुर्पो , खानेपानीका मुहानह वरीपरि बो६विरुवा रोप्नुपर्ने, सौन्दर्यीकरणमा ध्यान पुराउनुपर्ने बताउनु भएको थियो । खानेपानीको संस्था र समस्या सबैको साझा भएकाले समितिले स्रोत र साधनले भ्याएसम्म व्यवस्थापकीय सुधार गरी पानीको सहज आपुर्तिमा लागेको ,तानसेनमा खानेपानीको दीर्घकालीन समाधान गर्न समेत पहल गरीरहेको समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय