
तानसेन नगरपालिका वडा नम्बर ४ को आयोजनामा र कम नेपालको सहजीकरणमा दुई दिने पारिवारिक व्यवसाय तालिम तानसेनमा भएको छ।
कार्यक्रम उद्घाटन गर्दै वडा नम्बर ४ का वडा सदस्य तथा प्रमुख अतिथि हरि बहादुर थापाले युवाहरूलाई स्वदेशमै सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सिप सिकेपछि स्वदेशमै व्यवसाय गर्दै परिवारलाई आर्थिक रूपमा सबल बनाउने अवसरको उपयोग गर्न आग्रह गर्नुभयो।



तालिममा कम नेपालका कार्यकारी प्रमुख आशिष खड्का र कार्यपालिका सदस्य सन्जय घलेले प्रशिक्षण प्रदान गर्नुभएको छ। निशा गौतमको अध्यक्षतामा सञ्चालन भएको तालिम शुक्रबारसम्म जारी रहनेछ।
यो तालिम Swiss Create Business Academy Switzerland बाट मान्यता प्राप्त भएकोले सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरको ज्ञान र सिप हासिल गर्ने अवसर पाउने छन्। यो तालिम पहिलो मोड्युल हो र आगामी असारसम्म थप तीन चरणमा यस्तै तालिम सञ्चालन हुने छ। इच्छुकले आगामी तालिममा सहभागी भई पारिवारिक व्यवसाय सुरु गर्न सिप सिक्ने अवसर नछुटाउन आग्रह गरिएको छ।