latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, चैत ५

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका ५, मुझुङमा पाल्पा जिल्ला अन्तरपालिका स्तरीय चाैथाे अध्यक्षकप पुरूष भलिबल प्रतियाेगिता सुरू भएकाे छ । प्रतियाेगिताकाे लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले उद्घाटन गरेका हुन् ।

लुम्बिनी प्रदेशका पूर्व उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री समेत रहेका रानाले “जन्म घर फर्केर हेर ” अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । प्रदेश सांसद रानाले विगतमा गाउँमा विकास थिएन तर आम नागरिकहरू गाउँघरमै थिए । अहिले विकास गाउँ तर्फ आउँदा दिन गाउँघर उजाड बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनी भन्छन्, गाउँलाई हराबरा बनाउन आम नागरिकलाई आफ्नाे जन्मभूमी प्रती उत्तरदायी बनाउनुपर्छ  ।

रैनादेबी छहरा गाउँपालिका युवा तथा खेलकुद विकास समितिले आयाेजना गरेको उद्घाटन कार्यक्रममा सांसद रानाले आफु प्रदेश सांसद भएकाे नाताले लुम्बिनी प्रदेशबाट नै अभियान शुरूवात गर्ने बताए  । उनले जिल्लाका स्थानीय सरकारले नागरिकहरूलाई प्रवाह गर्ने सेवा प्रवाह,सुशासनका बिषयमा छलफल अन्तरक्रिया गरि सेवा प्रवाहलाई नागरिकहरूले अनुभुति गर्ने गरि काम गर्नुपर्ने कुरामा जाेड दिए ।

रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले गाउँपालिकाले खेलकुद पर्यटनकाे माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्वन गर्न प्रतियाेगिता आयाेजना गरेकाे बताए । गाउँपालिकाले खेलाडीहरूकाे शारीरिक एवम मानसिक वृद्धि विकास गर्न,वडा स्तरबाट खेलाडीहरूकाे प्रतिभा पहिचान गर्न,पाल्पा जिल्लाका पालिकाहरूबिच हातेमालो गरि समग्र पाल्पा जिल्लालाई राष्ट्रसामु खेलकाे माध्यमबाट परिचित बनाउन, खेलकुदकाे माध्यमबाट स्थानीय तहहरूबीच आपसी समधुर सम्बन्ध बनाउने हेतुका साथ प्रतियाेगिता आयाेजना गरेको बताए ।

कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले  खेलाडीहरूले खेलकुदबाट पनि राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेकाे बताएका छन । रैनादेबी छहराले खेलाडीहरूलाई केन्द्रीकृत गरि प्रतियाेगिता आयाेजना गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा खेलाडीहरू अनुशासित र मर्यादित भइ खेलमा सहभागी भइ राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन गरि अगाडि बढ्न आर्गह गरे ।  रिब्दीकाेट गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेकाे बताए ।

कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका निवर्तमान अध्यक्ष राम बहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे, नेकपा एमाले  रैनादेबी छहरा गाउँपालिकाका प्रतिनिधि झविन्द्र रायमाझी, रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल खाड लगाएतले मन्तव्य राखेका थिए ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भन्ने नाराका साथ जिल्ला भलिबल संघकाे समन्वयमा चैत्र ५ गते देखि ७ गते सम्म प्रतियाेगिता सञ्चालन हुनेछ । प्रतियाेगितामा प्रथम हुनेले ७५ हजार,द्वितीयले ४५ हजार,तृतीयले ३० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने युवा तथा खेलकुद विकास समिति, रैनादेबी छहरा गाउँपालिका संयाेजक नारायण कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय