latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा — पछिल्लो समय जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएका डेंगु र जापानिज इन्सेफलाईटिस जस्ता किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पाल्पाले सक्रियता बढाएको छ।

जिल्लामा यी रोगहरूको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कार्यालयले सरोकारवाला निकायहरूसँग विशेष पैरवी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेल ले डेंगु र जापानिज इन्सेफलाईटिस न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना फैलाउनु प्राथमिक आवश्यकता भएको बताउनुभयो। उहाँले समयमै सतर्क रहन सबैलाई आग्रह गर्नुभयो।

सिनियर ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराई ले डेंगुको ऐतिहासिक र प्राविधिक पक्षबारे जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा डेंगु पुष्टि भएको २२ वर्ष भइसकेको छ भने विश्वमा वार्षिक करिब ५ करोड मानिस प्रभावित हुने गरेका छन्।

डेंगु एडिस एजिप्टाई लामखुट्टे को टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे विशेषगरी दिउँसो सक्रिय हुने र यसको अण्डा महिनौँसम्म जीवित रहने भएकाले जोखिम उच्च रहने बताइएको छ।

उच्च ज्वरो, आँखाको गेडी दुख्ने तथा हाडजोर्नी दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था जान सुझाव दिइएको छ। साथै ‘खोज र नष्ट गर’ अभियानलाई समुदायस्तरमै संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ।

कार्यक्रममा क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपाने ले जापानिज इन्सेफलाईटिस डेंगुभन्दा घातक र उच्च मृत्युदर भएको रोग रहेको बताउनुभयो।

यो रोग क्यूलेक्स लामखुट्टे मार्फत सुँगुर, बँगुर, हाँस र बकुल्लाबाट मानिसमा सर्ने गर्दछ। पाल्पामा पनि यसको जोखिम बढ्दै गएको देखिएको छ।

तथ्याङ्कअनुसार सन् २०२२ मा पाल्पामा एक जनामा संक्रमण देखिएको थियो भने गत वर्ष रैनादेवी छहरा, तिनाउ, बगनासकाली र रामपुरमा ४ जनामा पुष्टि भएको छ। नेपालका करिब ६० जिल्लामा यो रोग फैलिसकेको छ।

यस रोगका करिब ९० प्रतिशत बिरामीमा सुरुवाती लक्षण नदेखिने भएकाले थप सावधानी आवश्यक रहेको बताइएको छ।

विज्ञहरूले रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिनु नै उत्तम उपाय भएको बताएका छन्। पूरा शरीर ढाकिने लुगा लगाउन, दिउँसो पनि झुल प्रयोग गर्न र घर वरपर पानी जम्न नदिन आग्रह गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय