latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

“श्रमको सम्मान,राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस तानसेन नगरपालिकामा ९० श्रमिक सम्मान गर्दै मनाइएकाे छ । नगरभित्र निर्माण, सरसफाइ, घरेलु, कृषि क्षेत्रमा संलग्न श्रमिकहरूको सम्मान गरिएकाे हाे ।

श्रमिकहरूकाे सम्मान गर्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले श्रमिकहरूको योगदान नेपालको विकास र समृद्धिमा अपरिहार्य रहेको बताउनुभयो ।  विकासको सपना देख्ने हरेक योजनाको जग श्रमिककै पसिना र परिश्रममा अडिएको हुन्छ,प्रमुख श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिका श्रमिकहरूको हकहित संरक्षणमा प्रतिबद्ध छ र आगामी दिनमा उहाहरूकाे लागि सामाजिक सुरक्षा तथा सीपमूलक कार्यक्रमहरू विस्तार नगरपालिका विशेष याेजना अगाडि बढाउने बताउनुभयो । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरभित्रका नागरिकहरूलाई स्वरोजगारमूलक तालिम तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । यस कार्यक्रमको माध्यमबाट धेरै श्रमिकहरूले आवश्यक सीप र ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नु भएको बताउनुभयो ।

नगर उपप्रमुख प्रतिक्षा सिङ्जालीले मजदुर दिवसले श्रमिकहरूको अधिकार, श्रमको सम्मान र न्यायपूर्ण कार्यस्थल सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउने अवसर रहेको बताउनुभयो । समाजको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अमूल्य रहेको बताउनुभयो । श्रमिकहरूलाई केवल ‘श्रम गर्ने’ जनशक्ति होइन, राष्ट्रनिर्माणका आधार स्तम्भको रूपमा हेर्नुपर्ने बताउदै श्रमिकको श्रमको उचित मूल्यांकन, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनशैली सुनिश्चित गर्नु हाम्रो साझा दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले श्रमिकहरूलाई केवल श्रमदाताको रूपमा होइन, समाजका आधारशिला र परिवर्तनका संवाहकका रूपमा चिनाउने प्रयास यो दिवसले गरेको बताउनुभयो । यस्ता सहभागितामूलक र संवेदनशील कार्यक्रमहरूले तानसेन नगरलाई श्रमिकमैत्री नगर बनाउने दिशामा सकारात्मक सन्देश दिने बताउदै नगर सरकारले आगामी बर्षहरूका पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।

कार्यक्रममा तानसेन नगरपालिकाका लेखा अधिकृत काेसल राज घिमिरेले नगरपालिकाले नागरिकहरूलाई सक्षम र दक्ष बनाउन प्रधानमन्त्री राेजगार कार्यक्रमबाट तालिम  सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय