पाल्पा-सडकमै खाउ सडकमै रमाउ, स्थानीय खानालाई प्राेत्साहन गरि सरस्वती मन्दिर जिर्णाेद्वारमा टेवा पुर्याऔ भन्ने नाराका साथ चैत २१ गते तानसेन वडा न ६ काे भिमसेन टाेलमा भिमसेन टाेल खाना महोत्सव हुने भएको छ । भिमसेन टाेल विकास सस्था १ महिला उपसमिति तानसेन ६,पाल्पाकाे आयोजनामा उक्त महोत्सव हुन लागेको हो । तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाकी अध्यक्ष पुतली देबी शाक्यले स्थानीय कला, संस्कृति प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो ।

तानसेन ६ का वडाध्यक्ष सागर मान महर्जनले खाना महोत्सवले स्थानीय खानेकुरा तथा कला सस्कृतिकाे प्रवर्द्वधनका हुने बताउनुभयो । उहाँले महोत्सवमा महिलाहरुले उत्पादन गरेको कुटीर तथा घरेलु उद्योगबाट बनेका सामग्रीहरु पनि विक्री वितरण तथा प्रदर्शनी गरिने बताउनुभयो । खाना महाेत्सवमा जंक खानेकुरा पुर्ण रूपमा निषेधित गरिने बताउनुभयो । विशेष खाना महाेत्सवमा स्थानीय खानेकुराको प्रदर्शनी,स्थानीय भजन,चुड्का,कलाकारहरूकाे प्रस्तुतिलाई विशेष प्राथमिकता दिने बताउनुभयो । आर्थिक पार्दशिताका लागि खानेकुराकाे मुल्य शुचि राखिने बताउनुभयाे ।

भिमसेन टाेल विकास सस्थाका अध्यक्ष प्रकाश नाथ गंगाोलले टाेल विकास सस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णद्वार गर्ने उधेश्यले खाना महाेत्सव गर्न लागेको बताउनुभयाे । उहाले तानसेन नगरपालिकाका महिलाहरूलाई उधमशील बनाउन, नेवारी र मगर लगाएतका खानेकुराहरूको प्रचारका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।  महाेत्सवमा स्थानीय र मुस्लिम खानालाई प्रोत्साहन गर्ने योजना रहेको बताउनुभयो । यस महाेत्सवमा अनुमानित २ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । खाना महाेत्सवमा प्रति स्टलबाट १ हजार शुल्क लिइने बताउनुभयो । टाेल विकास सस्थाले खाना महाेत्सवकाे अवसरमा  विद्यालयका विद्यार्थीहरूकाे अन्तरनिहित क्षमताकाे पहिचान गराउन तानसेनका ऐतिहासिक पक्षहरूलाई समेटेर चित्रकला प्रतियोगिता आयाेजना गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय