latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

लुम्विनी प्रदेश सरकारमा प्रमुख सचिव बावुराम अधिकारीले आगामी पाँच वर्षभित्र रासायनिक मलको उपयोग शुन्य बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताउनुभएकाे छ । डिभिजन वन कार्यालय पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको सरोकारवालासँगको समन्वय गोष्ठीमा सराेकारवालाहरू संवेदशील भएर डढेलाे नियन्त्रणमा लाग्नुपर्ने सुझाएका छन् ।

कार्यक्रममा लुम्विनी प्रदेश सरकारमा प्रमुख सचिव बावुराम अधिकारीले वनको बहुउपयोग गरेर आम्दानी गर्न सकिने धारणा राख्नुभयो । वनलाई संरक्षण गर्दै मानवको हितमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले लुम्विनी प्रदेश सरकारले आगामी वर्षदेखि प्राङ्गारिक मलको उपयोग बढाउन विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

रासायनिक मलको प्रयोगले स्वास्थ्य तथा माटोमा समेत नकारात्मक असर गरेको उल्लेख गर्नुहुँदै उहाँले आगामी पाँच वर्षभित्र रासायनिक मलको उपयोग शुन्य बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताउनुभयो । यसबाट वनको उपयोग हुनुका साथै मानव स्वास्थ्यमा सुुधार हुने प्रदेश प्रमुख सचिव अधिकारीको भनाई छ । यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले वन क्षेत्रको संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दा, उपभोक्ता, स्थानीय तह मिलेर अगाडि बढ्न सकेमात्र वनलाई जोगाउन सकिने धारणा राख्नुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न समस्या देखा परेको उल्लेख गर्नुहुँदै उहाँले मानवको भविष्यका लागि पर्यावरण जोगाउन सबै मिलेर हातेमालो गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले पाल्पा जिल्लामा ८६ प्रतिशत बढी वन क्षेत्र रहेको उल्लेख गर्नुहुँदै डढेलोबाट वन क्षेत्रलाई जोगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले गत वर्ष मानवीय असाबधानीका कारण ४ प्रतिशत वनमा डढेलो लागेको जानकारी दिनुहुँदै अवका दिनमा वनलाई डढेलोबाट जोगाउन सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वनको उपयोगिता बढाउन प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वन महासंघ लुम्विनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले वन क्षेत्रका लागि सरकारले ल्याएको ऐन समुदायको हितमा नरहेको बताउनुभयो । उहाँले हामीले हुर्काएका वनलाई बहुउपयोग गर्न सकिने गरी सरकारले ऐन कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो । भण्डारीले सरकारले नेपालको काठबाट बनेका सामग्री खरिद गर्न सकिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तिनाउ सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दलबहादुर गुरुङ्, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष मुक्ति न्यौपाने लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय