latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, रामपुर नगरपालिका भित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षाकहरुलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी सिप सिकाईएको हो ।

कक्षा शिक्षणका क्रममा प्रयोग गरिने विभिन्न शैक्षिक सामग्री निर्माण गर्न प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० जना शिक्षकहरुलाई २÷२ दिन गरी ४ दिन सम्म सिप सिकईएको हो । कार्यशालाको सोमबार एक कार्यक्रमका विच समापन गरिएको छ । ४ दिने कार्यशालाको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरका हरेक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक अवस्थाको स्तरोन्नतीका लागि नगर सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । शैक्षिक सुधार र विकासका लागि बुक फ्रि फ्राईडे लगाएत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै हरेक विद्यालयमा हुने कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले गरेको लगानी अनुसार कक्षा शिक्षणमा लगानशिलताका साथ अध्यापन गराउन शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सामाजिका विकास समितका संयोजक सिमादेवि थापाले तालिममा सिकेका सिपलाई कक्षा शिक्षणको क्रममा पूर्ण रुपमा लागु गर्न आग्रह गर्नुभयो । स्थानीय स्तरमा प्राप्त स्रोत साधनबाट थोरै समय र विना लगानीमा शैक्षिक सामग्री निर्माण गरि राम्रो र रमाईलो वातावरणमा कक्षा शिक्षणका लागि तालिमको आयोजना गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । कार्यक्रममा बोल्दै व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापाले प्रभावकारी कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको भन्दै कार्यशालामा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । यस्तै सहभागिहरुको तर्फबाट मदरसा नुरुल हुदा आधारभूत विद्यालयका शिक्षक नजमुन निसाले शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीहरुलाई सिकाउन सजिलो हुने भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

४ दिन सम्म चलेको कार्यशालाको सहजिकरण व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापा र सुमिना कुवँरले गर्नु भएको थियो ।रामपुर आयुर्वेद अस्पतालको योग हलमा भएको कार्यशालामा कक्षा कोठामा प्रयोग हुने सामग्री बनाउने तरिका,यसको व्यवस्थापन, प्रयोग विधि,स्रोत साधनको संकलन ,शैक्षिक सामग्रीको प्रस्तुतिकरण कसरी गर्ने लगाएतका विषयमा ज्ञान सिप सिकाईएको थियो । रामपुर नगरपालिका सामाजिक विकास समितका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यता र शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय