latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

क्यान्सर पिडीत बिमितलाई नेशनल लाईफ इन्सुरेन्स कम्पनी पाल्पा शाखाले राहत रकम हस्तान्तरण गरेको छ । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट सुरुमडाँडा निवासी क्यान्सर पिडीत रितमान गाहालाई राहत रकम हस्तान्तरण गरिएकाे हाे ।

रम्भा गाउँपालिका २ नं. वडाका कार्यवाहक वडा अध्यक्ष दुर्गाबहादुर थापा, चिफ बिजनेस म्यानेजर हरीबहादुर बारघरे, दलबहादुर सुनारी लगायतको उपस्थितीमा शाखा प्रमुख उमापति गैरेले बिमितलाई ८ लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो । रितमान गाहालाई गएको १ वर्षदेखि मुखको क्यान्सर भएको र सफल शल्यक्रिया पश्चात निको भएको थियो । उहाँले ४ वर्ष अगाडि नेशनल लाईफ इन्सुरेन्स कम्पनीमा ८ लाख रुपियाको अमृत श्री योजना अन्तर्गत ८ लाख रुपियाको जीवन बिमा गर्नु भएको थियो । ३ पटक किस्ता बुझाउँदा करिब १ लाख ८० हजार बुझाएपनि ८ लाख रुपिया राहत रकम पाउँदा आफुलाई धेरै राहत पुगेको पिडीत रितमान गाहाले बताउनु भयो । कम्पनीले १५ वर्ष पछि पुनः बोनस सहितको बिमाङ्क रकम प्रदान गर्ने जनाएको छ ।

पिडीत गाहा क्यान्सर रोगको उपाचार पछि निको भएको र बीमा कम्पनीबाट नियमानुसार राहत रकम पाउँदा जीवन बिमाको महत्व अत्यन्तै रहेको चिफ बिजनेस म्यानेजर हरिबहादुर बारघरेले बताउनु भयो ।

कम्पनीले गतवर्ष पनि २ जना क्यान्सर पिडीत र एक जना हृदयघात भएको ग्राहकलाई ३५ लाख बराबरको रकम प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय