latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

अर्न्तराष्ट्रिय आप्रवासन दिवस २०२४ को अवसरमा सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीका क्रममा मृत्युवरण हुनु भएकाको सम्झनामा जिल्ला प्रशासन कार्यालय पाल्पामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, नगर उपप्रमुख प्रतिक्षा सिंजाली , जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत रमा श्रेष्ठ, तानसेन नगरपालिका सामाजीक विकास अधिकृत भरत आचार्य, जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कर्मचारीहरु, सेवाग्राही लगाएत सुरक्षित आप्रवासन कार्यक्रमका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तानसेन नगरपालिकाद्धारा सन्चालित सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले कार्यक्रमको बारेमा प्रष्ट पार्दै यस कार्यक्रमले वैदेशिक रोजगारीको क्षेत्रमा सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने, उनीहरुलाई सचेत गराउने र त्यहाँ जानुअघि आवश्यक तयारी गर्न प्रोत्साहित गर्ने ,वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपुर्ण जानकारी र सचेतना प्रदान गर्ने जस्ता क्रियाकलापहरु सन्चालन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय