विशाल दर्लामी

रिब्दिकोट गाउपालिका १ ख्याहा कि १८ बर्षकि पदमा बि क  को यहि चैत्र १३ गते हतियार प्रयोग गरि बीभत्स हत्या भएको छ। यो घटनाले त्यो गाउँ त्रसित मात्रै होइन भयबित बनेको छ।
यो एउटा प्रतिनिधि घटना मात्र हो, प्रत्येक दिन देशका विभिन्न ठाउमा यस्ता खालका अपराधीक घटनाहरु घटिरहेका समाचारहरु दिनहु आइरहेका हुन्छन। के हाम्रो समाजमा अपराधीक मनोवृत्ति बढेकै हो त ?अझै महोत्वको प्रश्न चाहिँ ती सबै अपराधीक घटनाहरुको सिकारमा किन छोरिहरु नै पर्दछन ? (यहाँ छोरिहरु भन्नाले मुलत महिलाहरु लाई इङ्गित गर्न खोजिएको हो) यी प्रश्नहरू गम्भीर छन्र, अति संबेदनशिल छन्।
१) सामाजिक मूल्य मान्यतामा ह्रास :
अहिले समाज एकाङ्की जस्तै बनेको छ।समाजमा, समाजिक मूल्य मान्यताहरु हराउदै गएका छन।हिजको समाज र आजको समाजमा आकाश जमिनको फरक छ। समाजमा एकलकाटे स्वभाव मौलाइरहेको छ।सामाजिक हित भन्दा पनि कसरी ब्यक्तीगत लाभ लिन सकिन्छ!त्यसको लागि कहाँ कहाँ?चाकडी गर्ने हो,त्यो धेउन्नमा उद्दत भएको देखिन्छ। क्षेणिक लाभ र सस्तो लोक प्रीयताको होडबाजिले समाजलाइ नै अलोकप्रीय बनाउदै लगिरहेको छ।समाजमा यस्तो बिचलन आउनु निकै दुखदायी र गम्भीर बिषय हो। यस तर्फ हामी सबैले गर्भिरताका साथ छलफल,बहस गर्न जरुरी भएको छ।

२) शिक्षाले दिन नसकेको नैतिक शिक्षा :
शिक्षा आर्जन गर्नु र चेतनशील हुनु फरक कुरा हो।आज हामिले शिक्षाको नामना डिग्री हासिस त गर्यौ तर हामी चेतनशील भएनौ।हाम्रो शिक्षा नीति,पाठ्यक्रमले हामिलाई अन्धो जस्तो बनाइदिएको छ।पढ्नु भनेको सर्टिफिकेट प्राप्त गर्नु हो भन्ने भास्य निर्माण भएको छ।पढ्नु भनेको चेतनशिल हुनु हो,समाजमा रहेको बिकृती,असमानता,भेदभाब र अन्यायका विरुद्ध बोल्नु वा समाजलाइ सकारात्मक दिशामा लैजानु हो,नकि पढ्नु भनेको प्रतिस्ठाका लागि! त्यसकारण अब हाम्रो पाठ्यक्रममा नैतिक शिक्षाको जरुरी देखिएको छ। राज्यले त्यस तर्फ ध्यान दिनुपर्ने जरुरी छ।हाम्रा छोराछोरीले जति धेरै पढे पनि नैतिकवान र अनुशासित भएनन भने त्यो केवल कोरा अध्ययन र प्रतिस्ठाका लागि सर्टिफिकेट जस्तो हुन्छ।त्यसले हामिलाई,हाम्रो समाजलाइ अगाडी बढाउदैन। त्यसकारण हाम्रो शिक्षा प्रणालीमा ‘कोर्स करेक्सन’जरुरी बनेको छ।

३) प्रबिधिको गलत प्रयोग :
प्रबिधिको बिकासले नै आजको विश्व सम्भब भएको हो।
नेपालले पनि प्रबिधिको प्रयोगले कैयौ सफलताहरु हासिल गरेको छ,तर पछिल्लो समय प्रबिधिलाइ अपराधको टुल्स बनाइएको छ। अहिले समाजमा निकै डरलाग्दा अपराधका घटनाहरु घटिरहेका छ्न र ती घटनाहरुमा कहि न कहि प्रबिधिको दुरुपयोग भएको छ।प्रबिधिको प्रयोगले त हाम्रा काम कार्बाहिहरुलाइ सहज बनाउनु पर्ने हो तर नेपाली समाजमा प्रबिधिको बिकास प्रतिउत्पादक जस्तो बनेको छ।त्यसकारण सरकारले यसमा कडाइ पूर्वक नियमन गर्नुपर्ने देखिन्छ।

४) परिवारभित्रै अपराधी :
अहिले डरलाग्दो रुपमा आएको कुरा के हो भने हाम्रो परिवार नै अपराधको घर जस्तै बनेको छ।परिवारको एउटा सदस्यले अर्को सदस्य माथी अपराध गरिरहेको छ।जस्तो कि बाउ बाट छोरी बलात्कार! दाइभाइ बाट दिदिबहिनी बलात्कार आदि।
परको कुरा छोडौ,समाजको अन्य मान्छेको कुरा छोडौ हाम्रो घर नै अपराधको कारखाना जस्तो बनेको छ, के यी सोच्न पनि सकिने बिषय हुन ? किन हरेक अपराधमा छोरिहरुनै प्रताडित हुन्छन? किन हरेक अपराधको कोपमा महिलाहरु नै मर्नु परेको छ ? एउटा सभ्य समाजका लागि यो लाजमर्दो कुरा होइन?अपराधको यो अन्त्यहिन सृखलालाई कहिले सम्म टुलुटुलु हेरेर बस्ने हो?यस्ता धेरै अनुत्तरित प्रस्नहरुको उत्तर अब निसन्देह खोज्नु पर्ने छ। अपराधीक मानसिकताको  अन्त्य गर्नै पर्ने भएको छ, र हाम्रो समाजलाइ नयाँ ढङ्गले बिकास र रुपान्तरण गर्नै पर्ने भएको छ।
यसबाहेक अपराध सङ्ग अरु कैयौ बिषयहरु पनि जोडिएका छन।नेपाली समाज उदन्ड बन्दै गएको छ।आधुनिकीकरण र शहरीकरण सङ्गै मानिसले आफ्नो मूल्य,मान्यतालाइ भुल्दै गएको छ,त्यसले मानिसको जीबनशैलिमा परिवर्तन ल्याएको छ।पहिचान,लाज र डर हराउदै गएको छ।वैदेशिक रोजगारिले श्रीमान र श्रीमतीबिचमा ल्याएको समस्याहरु पनि छदैछन।
महङ्गिसङ्गै बढ्दो आकाक्षालाइ परिपुर्ति गर्ने ध्याउन्नमा मानिस गलत कार्यतिर लागेको छ।गरिबी,बढ्दो बेरोजगारी, राजनितीक अस्थिरता लगायतका कारण मानिसमा फ्रस्टेसन बढेको छ,जसले मानसिक रोगलाइ जन्म दिन्छ,अहिले ‘एन्टि सोसियल पर्सानलिटी’ भन्ने रोग देखिएको छ,जुन रोग लागेका बिरामी सधै अपराध गर्न उत्प्रेरित भइरहन्छन, किनकी मानसिक रुपमा अस्वस्थ ब्यक्तिलेनै अपराध गर्ने हो।
निरासाले मानिसलाइ मादक पदार्थको दलदलमा धकेलिरहेको हुन्छ,जसले बलात्कार र हत्या जस्ता जघन्य प्रकृतिका घटनालाइ बढाइरहेको छ।
अन्तमा : हरेक अपराधमा छोरिहरुको बध हुनु भनेको समाज मरेतुल्य हुनु हो।मरेको समाजले देश बन्दैन।देश नबने पछि यस्ता अपराधहरु भइनैरहन्छ्न त्यसकारण आज हामी सबैले यहि संकल्प गरौ कि!हाम्रो घर,हाम्रो समाज र सिङ्गै देश अपराध मुक्त बनाउछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय