
पाल्पा, असार ३
पाल्पाको भुवनपोखरीमा चट्याङ्गले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेबी छहरा गाउँपालिका ३ भुवनपोखरी डाँडागाउँका ५६ बर्षिय बिमल प्रसाद पन्त रहेको प्रहरी जनाएको छ ।
हिजो बेलुका करिब साढे ६ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेला अचानक चट्याङ्गले लागेको थियो । चट्याङ्गले लागेर घाईते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।


