latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, मंसिर २४
पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल गाङसिङ्डाँडामा दुक्सी मार्न खोज्दा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ८ बजेको समयमा निस्दी गाउँपालिका ४ मित्याल गाङसिङ्डाँडाका ४८ बर्षिय डम्बरबहादुर सारु घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घाईते सारुको उपचारको लागि रामपुर अस्पताल पुर्याईएकोमा आज बिहान करिब साढे ३ बजे डाक्टरले मृत घोषणा गरेको अस्पतालले जनाएको छ । साथै घटना स्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एक ओटा झोला समेत फेला पारेको छ ।
घटनाको बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय