
पाल्पा, मंसिर २४
पाल्पाको निस्दी गाउँपालिका ४ मित्याल गाङसिङ्डाँडामा दुक्सी मार्न खोज्दा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ८ बजेको समयमा निस्दी गाउँपालिका ४ मित्याल गाङसिङ्डाँडाका ४८ बर्षिय डम्बरबहादुर सारु घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घाईते सारुको उपचारको लागि रामपुर अस्पताल पुर्याईएकोमा आज बिहान करिब साढे ३ बजे डाक्टरले मृत घोषणा गरेको अस्पतालले जनाएको छ । साथै घटना स्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एक ओटा झोला समेत फेला पारेको छ ।
घटनाको बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


