रामपुर (पाल्पा), २४ मङ्सिर
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले सहकारीलाई उत्पादनसंग जाेडेर काम गर्नुपर्ने बताउनुभएको छ । शनिबार पाल्पाको रामपुरमा रहेको रामपुर वचत तथा ऋण सहकारी संस्थाकाे १६ औ वार्षिक साधारण सभाकाे उद्घाटन गर्नुहुदै सहकारीमा वचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमुलक क्षेत्रमा कसरी लगाउने भन्नेमा सहकारीले जाेड दिनुपर्ने मुख्यमन्त्री चाैधरीले बताउनुभएको छ । सहकारीले धेरैलाई राेजगार दिएको बताउनुहुदै मुख्यमन्त्री चाैधरीले अब राेजगासंगै उत्पादनमा जाेडिनुपर्ने बताउनुभयाे । ठुला व्यावसाय संचालन गरेर एकै पटक धेरैलाई राेजगार दिन सकियाे भन्नेमात्र अार्थिक समृद्धि हुने उहाकाे भनाइ छ । संचालक समिति अध्यक्ष गुरुप्रसाद रेग्मीकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरकाे विकासका लागि यस सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेकाे बताउनुहुदै पुर्वि पाल्पाको विकासका गतिविधिबारे जानकारी दिनुभएको छ । उहाले रामपुर अार्यभन्ज्याङ्ग सडक, रामपुर फाट सिंचाइ अायाेजना, प्रदेश सरकारकाे मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चारवटा भाैतिक नमुना शहरमध्ये रामपुर पनि छनाैटमा परेकाले रामपुरलाई भाैतिक शहरकाे नमुना शहर स्थापनाका लागि विस्तृत याेजना बनाएर छिटो अगाडि बढाउन मुख्यमन्त्रिसमक्ष जानकारी गराउदै अनुराेध गर्नुभएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले छरिएर रहेका पुजिलाई सहकारीले सङ्कलित गरेर राखेको र यस सहकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट र नमुना सहकारी रहेको बताउनुभएको छ । सहकारीमार्फत अायअार्जनका क्षेत्रमा रामपुर नगरपालिका हातेमालो गरेर काम गर्न तयार रहेको उहाले बताउनुभएको छ । सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले वार्षिक प्रतीवेदन प्रस्तुत गर्नुहुदै छरिएर रहेकाे पुजिलाई एकीकृत गरि झाेलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भाैतिक पुर्वाधार सहित नमुना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिनुभएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतीष्ठानका अध्यक्ष सन्दिप रानाले सहकारीले समाजकाे स्तर उकास्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य युवराज खनाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पाेखरेल, जिल्ला सहकारी संघका सदस्य ईश्वरदेवि खनाल, पृथ्वी टेलिभिजनका स्टेसन प्रवधक कृष्णप्रसाद पाैडेल, पाल्पा मेटाेसिटि हस्पिटलका निर्देशक मनिषा सेन्चुरि, सेयर सदस्यकाे तर्फबाट विन्दु श्रेष्ठ, विष्णुप्रसाद पाैडेल लगायतले अाफ्ना भनाइ राख्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चाैधरि, सहकारीका संस्थापक अध्यक्ष तथा प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ र उपाध्यक्ष नगिलाल पाैडेल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतीष्ठानका अध्यक्ष सन्दिप रानालाई सम्मान गरिएको छ । सहभागीलाई संचालक समिति सदस्य हजुलदिन मियाले धन्यवाद दिनुभएको हाे । कार्यक्रममा साधारणसभामा उपस्थित सेयर सदस्यमध्ये ५० जनालाई गाेलाप्राथाद्वारा प्रेसर कुकर, थर्मस, ईलेक्टिक कित्लि वितरण गरिएको छ । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिकाे प्रतीवेदन संचालक समिति सदस्य सुर्य खनाल, काेषाध्यक्षकाे प्रतीवेदन संचालक समिति सदस्य नारायणी सुवेदी, सचिवकाे प्रतीवेदन सचिव किर्तिनाथ श्रेष्ठले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा पाल्पा मेटाेसिटि हस्पिटलले निशुल्क स्वास्थ्य परिक्षण सेवा दिएको थियोे । संचालक समिति उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हाे। कार्यक्रममा संस्थामा अाबद्द ७० वर्ष माथिका ज्येष्ठ नागरिक, असल वचतकर्ता, असल ऋणि, नियमित वचतकर्ता, बालवचतकर्तालाई सम्मान गरिएको छ । कार्यक्रमकाे अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम देखाएको छ । बन्दसत्रकाे कार्यक्रम संचालन संचालक समिति सदस्य पवित्रा पाैडेल ढकालले गर्नुभएको हाे ।