बिहिबार , कार्तिक १३, २०८३

पाल्पा, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज ७ गते नगर अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन बुधबार भएको हो ।
नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति एवं नवनिर्वाचित केन्द्रिय सदस्य हिमालदत्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । श्रेष्ठले  कांग्रेस युवा जेन्जी, महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक तथा पेसागत सबै क्षेत्रलाई समेटेर अहिलेको बिधान मार्फत अघि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेसले हरेक परिस्थितिमा समुदायको हितैसी भएको उल्लेख गर्दै मुलुकमा आइपर्ने चुनौतीमा जिम्मेवार भुमिका खेलेर हरेक समस्यालाई  सही व्यबस्थापन गरेको बताउनुभयो । नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्न संगठनभित्र एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीलाई समयानुकूल परिवर्तन गर्दै जनताको सुखदुःखमा साथ दिने संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले पार्टीको जिम्मेवारीमा आएका नयाँ नेतृत्वले पदलाई अवसरभन्दा पनि सेवाको माध्यमका रूपमा लिनुपर्ने बताउँदै जनताका समस्या र अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य  सन्दीप रानाले अब जेष्ठ नागरिकको अनुभव युवा जेन्जी पुस्तामा पुस्तान्तरण गरि अब मौलिकता जोगाउदै प्रबिधिलाई अबलम्बन गरेर अबको पुस्ता अगाडि बढ्नुपर्ने बताउनुभयो । हरेक नागरिकको जिम्मेवारी हुन्छ त्यसरी नै नेपाली कांग्रेसको जिम्मेवारीमा नागरिक र देशलाई निकास र दिगो विकास संगै गति दिनुपर्ने दायित्व भएको स्मरण गराउदै उहाँले अब विकास र समृद्धिको यात्रामा नेपाली काङ्ग्रेस दृढ भएर अघि बढेको बताउनुभयो । पार्टीलाई नयाँ सोच, विचार र कार्यशैलीका साथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षाअनुसार कांग्रेसले आफूलाई परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । रानाले भन्नुभयो, “जनताको विश्वास जित्ने मुख्य आधार हाम्रो व्यवहार, काम र जनताप्रतिको उत्तरदायित्व हो । त्यसैले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जनतासँग जोडिएर काम गर्नुपर्छ ।” नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकालले नेपाली कांग्रेसले विशेष अधिबेशन गरेर नयाँ बिधान लिएर जनतासम्म आएको बताउनुभयो । उहाँले जेन्जी अन्दोलन पछि सोही अनुसार सबैलाई समेटेर कांग्रस थप बलियो र बदलिएर आएकाले जनताको आबश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले अबसर र चुनौती उत्तिकै भएपनि उर्जाशिल र सशक्त नगर कार्यसमितिको टिमले अगाडी बढाउने बताउनुभयो । सम्मानित व्यतित्वबाट नेता देवराज ढकालले प्रकाशमान सिंह स्थानीय विकास मन्त्री हुँदा रकम पारेर बनेको भवनबाट सहित विकासका काममा पार्टीले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । कांग्रेसका महाधिवेशन प्रतिनिधिबाट हजुलदिन मियाले जो जहाँबाट पनि पार्टी बिजय गराउन एक भएर लाग्नुको बिकल्प नभएको बताउनुभयो । नेपाली काङ्ग्रेस रामपुरका सभापती नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैमा धन्यवाद दिनुभयो ।
नबनिर्वाचित नगर सभापती राम प्रसाद ढकाल रमेशले अब सबैको दायित्वबाट सहकार्यबाट नयाँ काङ्ग्रेस फेरिएको काङ्ग्रेसले नयाँ ढ्ङ्गबाट सबैलाई समेटेर काम गर्ने बताउनुभयो । अग्रजहरूको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई साथमा लिएर पार्टीभित्र सबैलाई समेटेर सहकार्य र समन्वयका आधारमा संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।“हामी अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै नयाँ पुस्ताको जोस, जाँगर र क्षमतालाई संगठनमा जोडेर अघि बढ्नेछौँ । सबैलाई समेटेर कांग्रेसलाई जनताको अपेक्षाअनुसार काम गर्ने पार्टीका रूपमा स्थापित गर्नु हाम्रो मुख्य उद्देश्य हुनेछ,” ढकालले भन्नुभयो । उहाँले परिवर्तन भएर आएको कांग्रेसलाई थप परिष्कृत, व्यवस्थित र जनमुखी बनाउँदै संगठनलाई गतिशील बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।नवनिर्वाचित सभापति ढकाललाई निवर्तमान सभापति नेत्र प्रसाद भट्टराईले पदस्थापन गराउनुभएको थियो । कार्यक्रममा नगर कार्यसमितिले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाईसहित सम्मान गरेको थियो । साथै, गणेशमान स्मृति भवन र बिपि स्मृति भवन निर्माण, बीपी स्मृति अक्षयकोष स्थापना तथा विभिन्न तहमा रहेर पार्टीलाई सहयोग पुर्‍याउने दर्जनौं व्यक्तित्वलाई काङ्ग्रेसले सम्मान गरेको छ । आन्तरिक लेखा समिति, निर्वाचन समिति, निवर्तमान समितिलाई धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।गणेशमान स्मृति प्रतिष्ठान भवन बेझाँडमा भएको कार्यक्रम नगर उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको स्वागत बाट सुरु भएको थियो ।  सचिव चिरञ्जीवी सिग्देलले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको संचालन  सचिव ओम प्रकाश बस्यालले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय