काठमाडौं -गीतकार तारा अधिकारीको शब्द सिर्जना रहेको नयाँ नेपाली गीत फोटो क्लिकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा प्रेणा सिंहको सुमधुर स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन्। गीतको म्युजिक भिडियोमा अनुजा अधिकारी, अस्मिता ढकाल र मनीष डीकेको अभिनय रहेको छ। बिनोद बलको छायांकन रहेको छ भने भिडियोको सहायक निर्देशन, सम्पादन तथा कलर विशाल राज खनालले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनीष डीकेले सम्हालेका छन्। बाबुराम निरौलाले सिएडी को जिम्मेवारी निर्वाह गरेका छन्।
गीतकार तारा अधिकारी स्वयंले भिडियोको निर्देशन तथा निर्माण गरेका हुन्। पोस्ट–प्रोडक्सन सुनौलो तारा मोशन प्रालिले गरेको हो। https://www.youtube.com/watch?v=aiTOwGA4kOg










