latest
मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||    सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा  ||    माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||   
आइतबार , असार २१, २०८३

पाल्पा, असार २१

तानसेन सदरमुकामको केन्द्र शितलपाटीमा रहेको ऐतिहासिक मुल ढोकको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । तीन वर्षअघिदेखि सुरू भएको मूल ढोकाको पुनर्निर्माण कार्य दुई वर्षदेखि बजेट अभाबले रोकिएको थियो । यो वर्ष वजेट परेपछि छानो राख्ने, ढोका राख्ने र फिनिसिङ्को काम गरिएको छ ।
यो मूलढोकालाई बग्गी ढोका पनि भनिन्छ । यो नेपालको ऐतिहासिक र वास्तुकलात्मक सम्पदामध्ये एक उहाहरण रहेको ढोका हो । यो पाल्पा दरबारको मुख्य प्रवेशद्वार समेत हो । तत्कालिन समयमा घोडागाडी (बग्गी) र विशेष अवसरमा हातीसमेत सहजै प्रवेश गर्न सक्ने गरी यो ढोका बनाइएको हो ।
१८० वर्षअघि बनेको मूल ढोका जीर्ण बनेको थियो । तत्कालिन पाल्पा तैनाथवाला बद्रीनरसिंहले १९११–३० सालमा मूलढोकासँगै पाल्पा दरबार वरपरको पर्खाल लगाउन लगाएको इतिहासका जानकार पुस्करराज रेग्मीले बताउनुभयो ।
काठमा कुँदिएका आकर्षक बुट्टा, बलियो संरचना र राणाकालीन शैलीका कारण यसलाई नेपालको सबैभन्दा ठूलो काठको प्रवेशद्वारमध्ये एक मानिन्छ । मूलढोका हुँदै भित्र प्रवेश गर्दा तानसेन दरबार, रणउजीरेश्वरी भगवती मन्दिर तथा ऐतिहासिक पाल्पा दरबार क्षेत्र पुगिन्छ । लामो समयसम्म यही दरबार परिसरबाट पाल्पा जिल्लाको प्रशासन सञ्चालन गरिन्थ्यो।
सशस्त्र द्वन्द्वका क्रममा तानसेन दरबारसँगै मूलढोकामा पनि क्षति पुगेको थियो । यसको ऐतिहासिक स्वरूप जोगाउँदै हाल यसलाई पुनःनिर्माण गरिएको हो ।
आज मूलढोका तानसेनको पहिचान बनेको छ। पाल्पा पुग्ने अधिकांश पर्यटकले यही स्थानमा फोटो खिच्ने, दरबार क्षेत्र अवलोकन गर्ने र तानसेनको ऐतिहासिक सम्पदाको अनुभव गर्ने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय