latest
तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||    सर्वोच्चको अन्तरिम आदेशः माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थी पुनः कामकाजमा  ||    माथागढी गाउँपालिकाः दुर्गम बस्तीमा ‘एक घर–एक धारा’ अभियान  ||    समुदायसँग जोडियो सिकाइ, ‘सक्षम सिकाइ कार्यक्रम’ले बदल्दै माथागढीको शैक्षिक अभ्यास  ||    माथागढीका कृषकलाई प्रविधिमैत्री कृषि अभ्यास  ||    राजस्व संकलनमा सुधार, दिगो विकासका लागि स्रोत विस्तारको खोजी  ||    वैदेशिक रोजगारी त्यागेर बंगुरपालनमा सफलता, माथागढीका सम्मर कुमाल दम्पतीको वार्षिक २० लाखको कारोबार  ||   
बिहिबार , असार १८, २०८३

काठमाडौं । पहाडको संघर्ष, जीवनदर्शन र प्रकृतिप्रतिको गहिरो भाव समेटिएको नयाँ नेपाली गीत ‘जीवनको आँधि ब्याधि’ सार्वजनिक भएको छ। गायिका अमला महर्जन (संगीत प्रवीण) को स्वरमा रहेको यस गीतलाई सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतका शब्द धुन्डिराज पहाडी ले लेखेका हुन् भने संगीत स्वर्गीय रविन दास श्रेष्ठ ले सिर्जना गरेका हुन्। संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सत्य नारायण प्रजापति र प्रवी जी ले गरेका छन्। गीतको रेकर्डिङ भक्तपुरस्थित विवेक साउन्ड स्टुडियो मा गरिएको हो।

गीतको भिडियोमा सत्य नारायण प्रजापति को निर्देशन, अवधारणा र कथा रहेको छ। भिडियोमा कमला शाक्य, अमला महर्जन, रूपा न्यौपाने, चन्द्र महर्जन, डा. धुन्डिराज पहाडी तथा इन्जिनियर सत्य नारायण प्रजापति को अभिनय देख्न सकिन्छ। छायांकन विवेक शाक्य ले गरेका हुन् भने सम्पादन सत्य नारायण प्रजापति र कलर तथा भिएफएक्स विवेक शाक्य ले गरेका छन्।

‘जीवनको आँधि ब्याधि’ गीतले पहाडको कठोर यथार्थ, संघर्ष, सौन्दर्य र जीवनको गहिरो दर्शनलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। “जीवनको आँधि ब्याधि पहाडैले रोक्छ, अजङ्गको भारी पनि पहाडैले बोक्छ” जस्ता भावपूर्ण शब्दमार्फत पहाडको आत्मा र नेपाली जीवनको मर्मलाई उजागर गरिएको छ।

निर्माण टिमका अनुसार गीतले नेपाली पहाडको मौलिकता, संस्कृति र जीवनदर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य बोकेको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको निर्माण पक्षले जनाएको छ।

(भिडियो लिंक)

https://youtu.be/2z_BngDb06o

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय