latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
बुधबार , कार्तिक १९, २०८३

पाल्पा साहित्य समाजको आयोजनामा अपाङ्गता भएका भाइबहिनीहरूसँग सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार राजेन्द्र गोपाल सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्गलाई अभिप्रेरित गर्ने र अपाङ्गका पीडा बोल्ने कविता तथा गीतहरू प्रस्तुत भएका थिए । प्रमुख अतिथि सिंहले भाइबहिनीहरूलाई पारिजात, झमक घिमिरे , हेलन केलर जस्तै सफल बन्नु भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका स्रष्टाहरू तिर्थ प्रसाद अधिकारी ( गजल ),शिव बहादुर पौडेल ( मुक्तक),इन्द्र थापा मगर ( गीत/ अभिनय ),निशा खडका ( गीत ),निर्मला लम्साल ( गीत ),सुशीला चौधरी ( गीत ),बसन्ती घिमिरे ( गीत ),लेखनाथ ढकाल ( गीत )
र एरिका गुरूङ ( कविता )ले सिर्जना  प्रस्तुत गरेका थिए ।

अपाङ्ग विधार्थीहरूलाई प्रोत्साहन गर्ने क्रममा अस्तित्व रेग्मी (गितार गीत),गम्भीर रायमाझी ( कविता ), शारदा ढकाल ( कविता ),इन्दिरा ज्ञवाली  ( कविता ),रोहित प्रसाद ज्ञवाली ( गुलेली ),सीताराम घिमिरे ( मुक्तक),पुरूषोत्तम अर्याल ( कविता ),रामप्रसाद अर्याल ( कविता/ हाइकु )र  पुष्कर अथक रेग्मी  ( शीत/ गीत )
द्वारा समेत सिर्जना वाचन गरिएको थियोे ।

पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा विविध साहित्यिक कार्यक्रमहरू संचालन गर्दै आएको छ ।
समाजका कोषाध्यक्ष पुरूषोत्तम अर्यालको स्वागत र संचालनमा भएको  कार्यक्रम पासासका अध्यक्ष पुष्कर राज रेग्मीको अध्यक्षतनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय