latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
शुक्रबार , कार्तिक २१, २०८३

पाल्पाको रम्भा गाउँपालिकामा विषालु जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। रम्भा गाउँपालिका–५, फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही स्थानकी ३५ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार उनीहरूले गत शुक्रबार घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए।

च्याउ खाएपछि शनिबार बिहानदेखि बान्ता तथा झाडापखाला हुन थालेपछि उनीहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विषालु च्याउ खाएर बिरामी परेकी ५० वर्षीया यममाया जर्घा मगरको भने अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

यसैबीच, पाल्पाका तानसेन, निस्दी र माथागढी क्षेत्रमा पनि विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय