आइतबार , भाद्र ७, २०८३

नेकपा एमाले पाल्पा १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता दिल्ली प्रसाद आचार्यको ९२ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय आचार्यको जन्म १९९० कार्तिक २६ भएको थियो । उहाँका ५ छोरा र ३ छोरी हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार स्वर्गीय आचार्यको अन्तिम संस्कार रामनदीधाममा गरिने तयारी गरिएको परिवारजनले बताएका छन् ।

निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहको समयमा आचार्य निधनपछि नेकपा एमाले शोकमा परेको छ ।

नारायण प्रसाद आचार्य पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वर्गीय दिल्ली प्रसाद आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उम्मेदवार आचार्य र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय