latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

नेपाली काँग्रेस पाल्पाले  जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस सुनजस्तै भएर रहेकाे बताएका छन्।

उम्मेदवार श्रेष्ठले भन्नुभयाे कांग्रेसलाई सुन जस्तै हाे, केही मैलिएको मात्र थियो, अहिले हामी त्यो सबै फोहोर फालेर, पखालेर र सफा भएर चुनावी मैदानमा आएका छौं ।” उहाँले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनहरूले पूर्ण रूपमा परिवर्तन दिन नसकेको चर्चा गर्दै नयाँ पुस्ताले उठाएको सुशासनको मुद्दालाई कांग्रेसले आत्मसात् गरेको बताउनुभयो । राजनीतिक आरोह–अवरोहबाट सकारात्मक पाठ सिक्दै अब देश बदल्ने संकल्पका साथ अगाडी बढेकाे बताउनुभयाे ।

भावी सरकारको स्वरूपबारे चर्चा गर्दै श्रेष्ठले अबको निर्वाचनपछि मुलुकमा गगन थापाकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “अबको पटक गगन सरकार नै बन्छ । त्यो सरकारले नागरिकले लामो समयदेखि पर्खिरहेको सुशासन र डेलिभरीको प्रत्याभूति दिलाउनेछ ।”

पाल्पा क्षेत्र नं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, निवर्तमान जिल्ला सभापति वीरबहादुर राना, पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपाल, कार्यवाहक पार्टी सभापति झपेन्द्र गहिरे, पार्टी सचिव सुनिता अधिकारी, क्षेत्र नं. २ का सभापति मुक्तिराम जिसी लगायतले पत्रकार सम्मेलन गरी  तानसेनको शित्तलपाटीमा नेपाली काग्रेस पाल्पाको घोषणापत्र सार्वजनिक गरे ।

पाल्पाको चौतर्फी विकास र नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना सार्वजनिक गरिएको छ ।  “जीवन बीमालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सार्दै स्वास्थ्य सेवामा आमूल परिवर्तन गर्ने लक्ष्य जारी घोषणापत्रमा राखिएको छ । सार्वजनिक भएको घोषणापत्रमा उम्मेदवार श्रेष्ठले त्रिभुवन बहुमुखी क्याम्पसलाई पर्यटन तथा प्राविधिक विश्वविधालय बनाउन पहल गर्ने, एक पालिका एक आवासीय विधालय बनाउने, पढ्दै कमाउदै शिक्षालाई कार्यान्वन गर्न पहल गर्ने बताउनुभयो ।

पाल्पा अस्पताललाई एक सय वेडमा स्तरोन्नति गरिने, हरेक पालिकामा कम्तीमा १५ शय्याको अस्पताल सञ्चालन गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने, स्वास्थ्य बीमामा रहेको झन्झटिलो ’रेफर’ प्रक्रियालाई हटाएर जुनसुकै रोगको निःशुल्क उपचारको पहल गर्ने, पाल्पालाई पर्यटकीय ’हब’ बनाउन रानीमहल क्षेत्र र रामपुरको तालपोखरालाई जलाशययुक्त तालका रूपमा विकास गरी राष्ट्रिय गौरवको आयोजना बनाउन जोड दिइने, ऐतिहासिक मठमन्दिर, गुम्बा, चर्च र मस्जिदहरूको संरक्षण गर्दै भगवती जात्रा, लाखे नाच र अन्य लोपोन्मुख संस्कृतिलाई प्रबर्द्धन गरिने, कालीगण्डकी करिडोरमा जल यातायातको सम्भाव्यता अध्ययन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी जिल्लाको आयआर्जन बढाउने उम्मेदवार श्रेष्ठले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।

किसानका लागि टाउको दुखाइ बनेको बाँदर र जंगली जनावरको समस्या समाधान गर्न आवश्यक कानुन निर्माण गरी ’आतंक’ बन्द गरिने दाबी गरिएको छ । एक वडा एक उत्पादन’को अवधारणा मार्फत सुन्तला, अदुवा, टिमुर र बेसार खेतीलाई व्यावसायिक बनाइने, माडी, अर्गली र कचल लगायतका क्षेत्रमा सिँचाइको उचित प्रबन्ध गरी दुध र मासुमा जिल्लालाई आत्मनिर्भर बनाउन शीत भण्डारको लागि पहल गर्ने उम्मेदवार श्रेष्ठले घोषणापत्रमा उल्लेख छ ।

भौतिक पूर्वाधारलाई विकासको मेरुदण्ड मान्दै सिद्धार्थ राजमार्गलाई डबल डेडिकेटेड बनाउने र जिल्लाका अन्य मुख्य सडकहरूको स्तरोन्नतिलाई प्राथमिकता दिने, कुनै पनि नियुक्तिमा दल होइन, अब्बल व्यक्ति  हुनुपर्ने भन्दै सुशासनको क्षेत्रमा समेत नयाँ प्रतिबद्धता उम्मेदवार श्रेष्ठले घोषणापत्रमा उल्लेख गरेका छन ।   केन्द्रिय घोषणापत्रमा आधारित रहेर पाल्पाको पनि घोषणपत्र जारी भएकोले गगन सरकार बनेपछि योजना कार्यान्वयन हुने उम्मेदवार श्रेष्ठले दाबी गर्नुभयो ।
घोषणापत्रमा नेपाली काग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहले युवा नेता गगन थापाको नेतृत्वमा बदलिएको काग्रेसलाई देश बदल्न काँग्रेसका उम्मेदवार जिताउन रुखमा मतदान गर्न मतदातासंग अपिल गर्नुभयो । पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपालले २०४८ सालमा काँग्रेसले पाल्पाका ३ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरी शुरु गरेको थुप्रै विकास निर्माणका योजना अहिलेसम्म अन्य पार्टीले कार्यान्वयन नगरेकोले काँग्रेस उम्मेदवारहरूलाई मत दिई विजयी बनाउन अनुरोध गर्नुभयो ।

निवर्तमान जिल्ला सभापति वीरबहादुर रानाले पाल्पाको दुई वटै निर्वाचन क्षेत्रमा जेन जी को भावना बुझ्ने, कुनै पनि दाग नलागेका स्वच्छ छवि बनाएका सामाजिक राजनीतिक सेवामा लामो समयदेखि सक्रिय युवा उम्मेरवार हिमालदत्त श्रेष्ठ र सन्दीप रानालाई  जनताले यस पटक विजयी बनाउने विश्वास लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय