latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

विवाहमा बेहाेस् भएर ढलेका तानसेन ६, पाल्पाका नारायण आचार्यको मृत्यु भएको छ । मंगलबार दाईको छोराकाे बिहेमा तानसेनकै एक होटलमा विवाह नाचिरहेको समयमा आचार्य अचानक बेहोस् भएर ढलेका थिए ।

निजामती सेवाबाट अवकासप्राप्त आचार्यको ५९ वर्षको उमेरमा निधन भएको उनका सहोदर भाई मनोज आचार्यले बताए । दाईको छोराको विवाहको कार्यक्रममा थियौं अचानक दाई बेहोस् भएर लड्नु भयो । मलाई समेत रिङ्गटा लाग्यो, म पनि होसमा  हुँदा मिशन अस्पतालमा थियौं, दाइकाे मृत्यु भैसकेकाे रहेछ, भाई मनोज आचार्यले भने ।

वगनासकाली गाउँपालिका वडां. ८ मा वडा सचिव पदमा लामो समय काम गरेका नारायण आचार्य गत वर्षमा सेवाबाट अवकास पाएका व्यक्ति हुन् । उनका एक छोरा र श्रीमती छन् । सेरोफेरोन्यूजका तर्फबाट मृतआत्माको चीर शान्तिको कामना । हार्दिक श्रद्धासुमन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय