बुधबार, माघ १४
पाल्पा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारहरूको शैक्षिक योग्यता साधारण लेखपढदेखि स्नातक तहसम्म रहेको देखिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे पनि स्नातक उत्तीर्ण हुन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका सोमप्रसाद पाण्डेय कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापा मेडिसिन विषयमा स्नातक उत्तीर्ण छन् । उनी एमबीबीएस डाक्टर हुन् भने राप्रपाका उम्मेदवार डुलबहादुर कुँवर प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार बालबहादुर दर्लामी (विशाल) स्नातक तह उत्तीर्ण छन् ।
क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका टोपबहादुर अस्लामी पनि स्नातक उत्तीर्ण हुन् । जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) का उम्मेदवार खिकबहादुर रेश्मी ले एसएससी उत्तीर्ण गरेका छन् ।
यसैगरी, सार्वभौम नागरिक पार्टी का रामबहादुर अस्लामी, नेशनल रिपब्लिक नेपाल का देवप्रसाद श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विष्णु ठडराई (सार्की), मंगोल नेशनल अर्गनाइजेशनका मानबहादुर दर्लामी तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैसी सबै एसएससी उत्तीर्ण उम्मेदवार हुन् ।
नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार कृष्ण शोभा मुस्याख्व ले आफ्नो शैक्षिक योग्यता ‘साधारण लेखपढ’ भनी निर्वाचन आयोग नेपालमा पेश गरेकी छिन् ।
यस क्षेत्रका स्वतन्त्र उम्मेदवारमध्ये मोहन कुँवर थापा मगर स्नातक उत्तीर्ण छन् भने अर्का स्वतन्त्र उम्मेदवार केशवप्रसाद बस्याल ले कक्षा १२ उत्तीर्ण गरेका छन् ।











