latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

माघ ७, २०८२
पाल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा ३० जनाले मनोनयन दर्ता गरेका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा राजनीतिक दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी मनोनयन गरेका हुन् । उनीहरू विराेधमा कुनै पनि उजुरी नपरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी मनोनयन गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताए । क्षेत्र नं १ मा कुल ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताए । क्षेत्र नं २ मा कुल १ लाख ९ हजार ५३ मतदाता रहेका छन् ।
जिल्लामा कुल २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय