नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको अध्यक्षमा राम प्रसाद पन्थी निर्वाचित भएका छन् । शनिबार सम्पन्न १६ अौ वार्षिक साधारणसभा तथा ८ अौं जिल्ला अधिवेशनले पन्थीको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा युवराज पन्त र शिव पाण्डे, सचिवमा बिष्णु खनाल, सहसचिवमा यम बहादुर कार्की, कोषाध्यक्षमा ज्योती कार्की, सह कोषाध्यक्षमा हरि बहादुर बाह्घरे र सदस्यहरुमा संजय घर्ती, लक्ष्मण भण्डारी, सृजना ढकाल, सुरेश बोहोरा, जमुना न्यौपाने र संगिता भट्टराई निर्वाचित भएका हुन् ।
उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सल्लाहकार मनहरी बस्यालले पुस्तक जीवनको जन्मदेखी मृत्युसम्मको साथी र साक्षी रहेको बताए । उनी भन्छन्, जीवनलाई जीवन्तता दिन किताबले महत्वपूर्ण भूमिका खेलेको छ । नीजि विद्यालयले किताब, कपि बेच्ने होहन सबै पेशाका सीमितता हुन्छन् । मनहरी बस्याल भन्छन् बौद्धिक उत्थानको महान साधन किताब तथा स्टेशनरी सामुहिक भावनाको व्यवसाय भएको बताए ।



नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १६ साधारणसभामा केन्द्रिय सदस्यहरु रामकृष्ण चापागाईं र राम अधिकारीले संगठन, व्यावसायिकता र सेवा–भावनासँग व्यवसाय जोडिएको बताए । महासंघका सल्लाहकार केदारलाल श्रेष्ठ,नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, रुपन्देही जिल्ला शाखा अध्यक्ष दिपक पाठक, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ, पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने, प्याब्सन पाल्पा अध्यक्ष डाँसुराम पन्तले ज्ञान, शिक्षा र चेतनाको आधारशिला पुस्तक भएकोले समयमै उपलब्ध भएमा विद्यार्थीको चेतना वृद्दिमा सहयोग पुग्ने बताए ।
सचिव बिष्णु खनालले साङ्गठनीक प्रतिवेदन प्रस्तुत गर्दै ७ बैठकबाट विविध निर्णय गर्दै कार्यक्रम गरिएको बताए । उपाध्यक्ष युवराज पौडेलको स्वागत तथा सचिव बिष्णु खनालको सञ्चालनमा भएको थियो ।








