latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
शुक्रबार , असार १२, २०८३

पाल्पा, ५ पौष
उपन्यास कृति ‘अमरामृत’ शनिबार सार्वजनिक भएको छ । साहित्यकार पुष्कर अथकको कृति खड्गशम्सेर र रानीमहलमा आधारित रहेको छ ।
खड्ग फाउण्डेशनका अध्यक्ष एवम् खड्ग शम्सेरका पनाती डा. अजय शम्सेर जबराले अथकको कृतिले खड्गशम्सेरबारे गुमेको इतिहास फर्किएको अनुभूति भएको बताउनुभयो ।
उहाँले रानीमहल सुन्दर, जीवित राख्न सवैको प्रयास जरुर रहेको समेत औंल्याउनुभयो ।कृतिको समीक्षा साहित्यकार भागवत खनाल र अर्चना शाक्यले गर्नुभएको थियो । समीक्षकद्वयले सेनवंशीय भौतिक सम्पदाको खोजी र संरक्षणमा थप प्रयास आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार मेघराज शर्माले पाल्पा र पाल्पालीको गौरव रानीमहलको विषय समावेश गरिएको कृतिले उचित बजार पाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका पर्यटन विकास समिति संयोजक पदमराज न्यौपाने, सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजीप्रसाद ढुंगाना, साहित्यकार सीताराम घिमिरे र पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले मन्तव्य राख्दै पाल्पाको सांस्कृतिक पर्यटन विकासको लागि सम्पदा संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कृतिकार पुष्कर अथक रेग्मीको धन्यवाद ज्ञापन र सचिव सविता भट्टराईको सञ्चालन रहेको थियो । अथकको ‘अमरामृत’ कृतिको प्रकाशकमा गोपाल पौडेल रहनुभएको छ । जम्मा ३ सय ३६ पृष्ठको कृतिको मूल्य ८ सय ५५ रुपैंया राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय