पाल्पा, पुस २
जिल्ला आयुर्वेद अस्पतालबाट प्रबाह हुने न्यूनतम सेवा मापडण्ड कार्यान्वयन कार्यक्रम सम्पन्न भएको छ ।
आयुर्वेद अस्पतालले अस्पतालबाट प्रबाह गरिने सेवाका बिषयमा चार सय ४४ वटा सुचाङ्ग पार झण्डै ६० प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य मन्त्रालयका निर्देशक भबिश्वर ठाकुरले बताउनुभयो ।



जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सिमित स्रोत र साधनको उपयोग गरि सेवा प्रबाह राम्रो गरेको बताउदै ब्यबस्थापन समिति र अस्पतालको भौतिक पूर्वाधार निमार्णमा सरकारबाट पहल हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नसर्ने रोग नियन्त्रणमा आयुर्वेद अस्पतालको भूमीका महत्वपूर्ण रहेको बताउनुभयो ।








