latest
रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||    स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जा कपडा बुन्ने तालिम रामपुरमा  ||    श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||   
शुक्रबार , असार १२, २०८३

पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि  छबिलाल नेपालको १७६ओैं जन्म जयन्ती तथा शास्त्रकवि माधवप्रसाद देवकोटा १२२ओैं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर  हुनुहुन्थ्यो । कार्यक्रमको समुदघाटन गर्दै प्रमुख प्रमुख अतिथिले,” पाल्पाको भाषा कला संस्कृति साहित्यको बिकासमा पाल्पा साहित्य समाजको योगदान उल्लेखनीय रहेको ” बताउनु भयो ।

कार्यक्रममा समाजसेवी लेखक  बुद्धि प्रसाद शर्मालाई भैरवतुल्सी सिंह स्मृति पुरस्कार , स्वास्थ्य साहित्यिक लेखक प्रा. डा. प्रकाशराज रेग्मीलाई आदिकवि छबिलाल नेपाल प्रतिभा पुरस्कार ,साहित्यकार रामप्रसाद अर्यालाई अथक रेग्मी साहित्य पुरस्कार , छन्दकवि होमनाथ काफ्लेलाई  गणेशकेशवलक्ष्मी स्मृति  स्रष्टा सम्मान र समाजसेवी प्रमी श्रेष्ठलाई राधाइन्द्र समावसेवा सम्मान
समर्पण गरिएको थियोे । समाजले स्थापनाकालदेखि नै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान समर्पण गर्नुका साथै कृति प्रकाशन लोकार्पण र विमर्श समेत गर्दै आएको छ ।

कार्यक्रममा छविलाल नेपाल, माधवप्रसाद देवकोटा र पाल्पा साहित्य समाजको योगदानबारे  जानकारी गराउनुका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित कृति ‘ मुटुका कुरा ‘ को विमर्श सम्पन्न भएको थियो । कृतिको विमर्श नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोवाकान्त न्यौपानेले गर्नु भएको थियो । समीक्षक न्यौपानेका अनुसार कृति पठनीय र मननीय रहेकोले मुटुरोगी र सरोकारवालाहरू सबैका लागि स्वास्थ्य खुराकको रूपमा रहेको छ । बिरामीले खोजेका प्रश्नको उत्तर कृतिभित्र रहेकोले पठनीय रहेको छ ।

कार्यक्रममा  साहित्यकार  स्वास्थ्यकर्मी एवं सम्पूर्ण संघसंस्थाको तर्फबाट साहित्यकार गणेश नेपाली , पत्रकार भोजराज भट्टराई ,सम्मानित व्यक्तित्वहरू प्रमी श्रेष्ठ ,होमनाथ काफ्ले,
रामप्रसाद अर्याल,प्रा.डा. प्रकाशराज रेग्मी ,बुद्धिप्रसाद शर्मा , पासासका संरक्षक राजेन्द्र गोपाल सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
पुष्कर अथक रेग्मीको अध्यक्षता, पासासका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत,कोषाध्यक्ष पुरूषोत्तम अर्यालद्वारा सम्मानित व्यक्तित्वहरूमाथि प्रकाशसंगै संस्थाको गतिविधिमाथि प्रकाश  र सचिव सबिता भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय