अपाङ्गता व्यक्तिप्रति हेरिने दृष्टिकोण दयामुखी हाेइन व्यवहारमुखी हुनुपर्छ
अपाङ्गता भएका महिलाकाे राेजगार तथा याेजना नीति निर्माणमा सहभागिता सुनिश्चित गर्नुपर्ने अावश्यकता अाैल्याइएकाे छ । तानसेन नगरपालिकामा राष्टि्य अपाङ्ग महासंघले गरेकाे छलफलमा राजनीतिक सहभागिता, राेजगार तथा अन्य कार्यक्रममा सहभागिता नहुने गरेकाे बताइएकाे हाे ।



सिर्जनशिल अपाङ्ग स्वाभलम्बन केन्द्र पाल्पाकाे सहजिकरणमा भएकाे कार्यक्रममा बाेल्दै तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिलाइ प्रदान गर्ने परिचयपत्र डिजिटल गरेकाे, अपाङ्गता भएका व्यक्ति अाँफैले कुन वर्गमा पर्छु भनेर अध्ययन गर्न सक्ने कार्यविधि बनाइएकाे तथा ग वर्गका पंहेलाे कार्ड प्राप्त गर्नेलाइ तानसेन नगरपालिकाबाटै पाँच सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गरिएकाे बताउनुभयाे ।
कार्यक्रममा केन्द्रका अध्यक्ष सन्दिप भट्टराइले क्षमता अनुसारका राेजगार सिर्जना गर्नुपर्ने, नयाँ पूर्वाधार निर्माण गर्दा मानवमैत्री तथा अपाङ्गतामैत्री निर्माण गर्नुपर्ने तथा प्राेत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए । अपाङ्गता भएका व्यक्तिप्रति हेरिने दृष्टिकोण र व्यवहार भने दयामुखी र उपकारमा आधारित हाेइन व्यवहारिक हुनुपर्छ उनले भने ।
अपाङ्गतालाइ पनि समावेशी अभियान र साझा सवाललाई समग्र मानवअधिकार आन्दोलन र महिला अधिकार आन्दोलनको प्राथमिकतामा पारिनुपर्छ। अरुसरह सम्मानित जीवन व्यतित गर्न अपाङ्गतामैत्री भौतिक वातावरण, समावेशी शिक्षा, सांकेतिक भाषामा सूचना र सञ्चार, ब्रेल तथा अडियो सामग्री, बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता, सेरेबल पल्सी अपाङ्गताका लागि सहयोगी सेवा, स्पाइनल कर्ड इन्जुरी अत्यावश्यक स्वास्थ्य सामग्री, हेमोफेलिया अपाङ्गताका लागि फ्याक्टर तथा दैनिक औषधि तथा आवश्यक सहायक सामग्रीको महत्व र उपलब्धताबारे सबैमा सचेतना जगाउनुपर्दछ।







