पाल्पा,४ मंसिर
किशोर, किशोरीका लागि यौनिकता, शिक्षा अपरिहार्य रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल परिवार नियोजन संघ तानसेनको आयोजना, तानसेन नगर सरकारको व्यवस्थापनमा आयोजित किशोर किशोरीको लागि यौनिकता शिक्षा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कार्यक्रमका सहभागिताले महसुस गरेका हुन ।



संघका शाखा प्रमुख शोभाकान्त न्यौपानेले किशोर किशोरीमा यौनिकता शिक्षाका लागि स्थानीय सरकारले पाठ्यसामाग्री तयार गर्ने देखि विद्यालय तहसम्म पुग्नु पर्ने कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नगर सरकारका स्वास्थ्य प्राविधिक चन्द्र तारा बस्यालले किशोर किशोरीमा वृहत यौन शिक्षा नभएका कारण नगर भित्र गत आर्थिक वर्षमा ८६ जना किशोरी २० मुनीका गर्भवती भएको बताउनुभयो । उहाँले यौन र यौनिकता शिक्षा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठले यौन शिक्षा आवश्यक रहेको बताउदै पश्चिमा सभ्यता र संस्कृतिले विकृती ल्याएको बताउदै शिक्षाका लागि नगर सरकार प्रतिवद्ध रहेको प्रतिवद्धता प्रकट गर्नुभयो ।
निजी विद्यालय छाता संगठन प्यासनका अध्यक्ष डासुराम पन्तले प्रविधीका कारण यस तर्फ संवेदनशील बन्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तानसेन नगरका माध्यमिक तहका विद्यालयका प्रअ, नगरका स्वस्थ्य,शिक्षा प्रमुख र सञ्चारकर्मी सहभागिता थियो ।







