latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

कपिल देवकोटा

कार्तिक २६ पाल्पा

पूर्वखोला गाउँपालिका ३ रिङ्नेरहमा २०६३ सालमा स्थापना भएको उद्बुद्व कलेज ले आफ्नो स्थापनाको १९ औ स्थापना दिवस तथा साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले कलेजलाई शुभकामना दिदै २०६२ साल देखि यस क्षेत्रमा कलेज स्थापनाको लागि संघर्ष गरेको र २०६२र६३ को जनआन्दोलन पश्चात् मात्र यस क्षेत्रका बुद्धिजीवी , सरोकारवाला तथा समाजसेवी को पहल कदमीमा कलेज स्थापना गर्न सफल भएको कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , पूर्व स्ववियु सभापति पूर्व कलेज प्रमुख ,पूर्वखोला ३ का वडा अध्यक्ष , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिवावक लगायगले कलेज लाई शुभकामना दिदै गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा , विद्यार्थी संख्या वृद्धि र समायानुकुल आवश्यकताको आधारमा पठन पाठन हुने विषय हेरफेर गर्नुपर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रममा जापानीज नागरिक काजुमासा काकिमी ( अाेके बाजे) काे समेत सहभागीता रहेको थियाे।

कार्यक्रम विद्यार्थीहरूद्वारा नृत्य समेत प्रस्तुत गरिएको थियो । क्याम्पस प्रमुख हरि प्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कलेजको हालको आर्थिक तथा भौतीक विविरण, संचालक समिति , जग्गादाता , अक्षयकोष दाता , आजिवन सदस्य , विभिन्न संकायमा अध्ययनरत विद्यार्थी संख्या लगायतको विषयमा जानकारी दिनुभयो। कार्यक्रममा आजिवन सदस्य , विगत ३ वर्ष यता कलेजबाट स्नातक तह उतिर्ण गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो। सहायक कलेज प्रमुख शिवलाल अधिकारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन प्राध्यापक अनन्तराम पाण्डेले गर्नुभएको थियो । कलेज संचालक समिति अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय