latest
रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||    स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जा कपडा बुन्ने तालिम रामपुरमा  ||    श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||   
शुक्रबार , असार १२, २०८३

सिद्धबाबा मन्दिर नजिकै खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बेलुका वर्षासंगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्डकाे सिद्दबाबा नजिकै लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएकी छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।

वर्षासंगै पहिरो खसेर अवरुद्ध भएको तासने बुटवल सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ । यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेर विपद्जन्य जोखिम न्यनीकरणका लागि पाल्पाका मुख्य र सहायक राजमार्गका अत्यावश्यक काम बाहेक रातिका सवारी संचालन गर्न रोक लगाउने निर्णय समेत गरेको छ स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय