
पाल्पा, २२ चैत
पाल्पाको रिब्दीकोटको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङ्गका ६१ बर्षिय टेक बहादुर सर्तुङ्गे रहेको प्रहरीले जनाएको छ । सोही स्थानको पालुङ्ग सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा हिजो बेलुका करिब ५ बजेको समयमा करिब २० मिटर माथीबाट लागो लागेको स्थानमा लड्न जाँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनुभयो ।
शब पोस्टमार्टम गर्न पाल्पा अस्पताल ल्यार्ईएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


