
नेपालकाे सबैभन्दा जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकाे अांगिक क्याम्पस हाे त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा । विश्व विद्यालय स्थापना हुनुभन्दा अगाडी नै स्थापना भएकाे यस क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे माहाेलकाे सरगर्मी बढेकाे छ ।
स्ववियु निर्वाचन नजिकिँदै जाँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरूले विद्यार्थी भेटघाटसँगै क्याम्पसकाे साख जाेगाउने प्रण गर्दै अाइतबार पत्रकार भेटघाट समेत गरेका छन् । नेपाल प्रेस युनियन पाल्पामा पत्रकारहरूसँग कुराकानी गर्दै स्ववियु नेपाल विद्यार्थी संघ सभापतिका उम्मेदवार कृष्ण अर्यालले त्रिभुवन बहुमुखी क्याम्पसकाे साख जाेगाउन नेविसंघका उम्मेदवारहरू प्रतिबद्द रहेकाे बताए । संगठनले अनुभवी, लोकप्रिय र संगठनप्रति प्रतिबद्ध भनेर अगाडी सार्याे हामी मैदानमा छाैं, विद्यार्थीकाे हकहितसँगै क्याम्पसकाे साख जाेगाउने हाम्राे प्रण छ ।



आगामी चैत्र ५ गते हुने निर्वाचनमा नेविसंघले स्ववियुमा अनुभव प्राप्त निवर्तमान सभापति कृष्ण अर्यालकाे नेतृत्वमा उम्मेदवारी दर्ता गरेकाे हाे ।
अनुभवलाइ साथमा राखेर विद्यार्थी हकहितमा ध्यान दिनेछु : सभापति उम्मेदवार अर्याल
नेविसंघबाट सभापति पदका लागि उम्मेदवार भएका कृष्ण अर्याल २०७९ को स्ववियु निर्वाचनमा निर्वाचित भएका निवर्तमान सभापति हुन् । उनले विद्यार्थी हकहितका मुद्दा उठाउनुका साथै क्याम्पस विकासका लागि महत्त्वपूर्ण योजनाहरू अघि सारेका थिए । नेविसंघले २०७९ मा सभापति पद मात्र पाएर सचिव र कोषाध्यक्ष पद गुमाउँदा साेचे अनुसार काम गर्न नसकेकाेले पून उम्मेदवारी दिन बाध्य भएकाे अर्याल बताउँछन् ।
अर्याल नेतृत्वमा रहँदा क्याम्पसभित्र विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधि सम्पन्न भएका थिए । उनले त्रिभुवन बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार, र विद्यार्थी हकहित सुनिश्चित गर्ने प्रयासहरू गरेका थिए । उनको नेतृत्वमा स्ववियुले क्याम्पस सुधारका विभिन्न पहलहरू थालेको थियो, जसलाई आगामी कार्यकालमा पूर्णता दिने लक्ष्यका साथ उनी पुनः उम्मेदवार बनेका छन् ।
सचिव पदका लागि नेविसंघले सुशील बस्याललाई अघि सारेको छ । उनी अघिल्लो कार्यकालमा स्ववियु सदस्यको रूपमा काम गरिसकेका अनुभवी विद्यार्थी नेता हुन्। बस्यालले संगठनलाई सशक्त बनाउँदै विद्यार्थीका वास्तविक मुद्दाहरू उठाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
राष्ट्रप्रेमी नामले परिचित सुशील बस्याल एक घर एक लालिँगुरासका सामाजिक अभियान्ता समेत हुन् । उनले केही समय अगाडी राष्ट्रिय झन्डा क्याम्पसमा हस्तान्तरण गरेका थिए । उनी प्रखर, निडर र बहुप्रतिभासाली व्यक्ती हुन् । बस्यालले विद्यार्थीहरूको शैक्षिक सुधार, पुस्तकालय व्यवस्थापन, र क्याम्पसभित्र अतिरिक्त क्रियाकलापको प्रवर्द्धनमा विशेष ध्यान दिने बताइसकेका छन् ।
नेविसंघले कोषाध्यक्ष पदमा मिस्मा रानालाई अघि सारेको छ । अघिल्लो कार्यकालमा विभिन्न विद्यार्थी गतिविधिमा सक्रिय रहँदै उनले संगठनको मजबुतीका लागि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उनी संगठन र जिम्मेवारी प्रति इमानदार, निडर, र नेतृत्वदायी क्षमतायुक्त विद्यार्थी नेतृका रूपमा चिनिन्छिन् । उनी महिला र जनजातिको समेत प्रतिनिधित्व गरेकी साझा उम्मेदवार हुन् ।
रानाले क्याम्पसभित्रको आर्थिक पारदर्शिता, छात्रवृत्ति व्यवस्थापन, र विद्यार्थीहरूको आर्थिक सहयोगका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेकी छिन् । उनको नेतृत्वमा संगठनले महिला विद्यार्थीहरूको हकहितका लागि विशेष पहल गर्ने अपेक्षा गरिएको छ ।
नेविसंघको मुख्य एजेन्डा : विद्यार्थी हकहित र क्याम्पस विकास
यसपटकको स्ववियु निर्वाचनमा नेविसंघले संगठन सुदृढीकरण, विद्यार्थी हकहित, र क्याम्पस विकासलाई मुख्य एजेन्डा बनाएको छ । सभापति पदका उम्मेदवार कृष्ण अर्यालले क्याम्पसको गौरवमय इतिहासलाई जोगाउँदै थप रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका छन् । अघिल्लो कार्यकालमा थालिएका योजना पूरा गर्न, विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न, र स्ववियुलाई अझ प्रभावकारी बनाउन नेविसंघ चुनावी मैदानमा हाेमिएकाे अर्यालले बताए ।