latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

नेकपा (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समितिकाे अध्यक्षमा पदम साेमै निर्वाचित भएका छन् । तेस्रो अधिवेशनले सोमैको अध्यक्षतामा ४१ सदस्यीय गाउँ समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा कबिता खनाल, शिभ न्यौपाने र वीर बाहादुर पोखरेल चयन भएका छन् । सचिवमा प्रदिप पौडेल, सहसचिव कमला थापा र कोषाध्यक्ष विष्णु बस्याल चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समितिका इन्चार्ज तुलाराम गरम्जाले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष पदम सोमैले पार्टीलाई अझ बलियो बनाउँदै जनताको सेवा गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

 

अधिवेशनकै अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरू एमाले, कांग्रेससहित अन्य दलहरू परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन रहेका थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय