latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

गैडाकोट – मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन गरिएको छ। राष्ट्रिय परिषद् बैठकबाट रेनुका पौडेल सभापतिमा निर्वाचित हुनुभएको छ।

यसैगरी, राजेन्द्र पौडेल वरिष्ठ उपसभापति, लक्ष्मीनारायण मिश्र र उमा थापा उपसभापति, प्रकाश शाही महासचिव तथा चन्द्रमणि बन्जारा कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।
यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार सुनसरी, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल पर्सा, सचिव वाग्मती प्रदेशमा दिवाकर पुडासैनी काठमाण्डौ, सचिव गण्डकी प्रदेशमा तिर्थराज न्यौपाने कास्की, सचिव लुम्विनी प्रदेशमा धनपति (डिपी) खनाल रुपन्देही, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैसी सल्यान, सचिव सुदुरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव (आदिवासी जनजाती)मा डोरविक्रम श्रीस गुल्मी, सचिव (महिला)मा रेनुका देवकोटा पाल्पा, सचिव (दलित)मा तुलसीराम सुनार दाङ, सचिव (मधेसी)मा ज्योति बाल्मिकी बाँके, निर्वाचित हुनुभएको हो । यसैगरी १० जना सदस्यहरुमा उमा गोतामे काठमाण्डौ, सुशिला रिजाल झापा, कौशल्या खनाल संखुवांसभा, निरमाया मिजार म्यग्दी, अरुण ज्ञवाली पाल्पा, भानुभक्त रिमाल नवलपुर, निर्मला गौतम दाङ, सिताराम कोइराला सुनसरी, शम्भु राउत चितवन, लालहरी पाण्डे रुपन्देही निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारी/सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले माघ १७ गते अपराह्न आयोजित समापन समारोहमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
अब केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधान अनुरुप न्युनतम ५ जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने छ । स्मरणीय छ, शान्ति समाजको जिल्लादेखि केन्द्रसम्मै ४० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य छ ।

बरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी संस्थापक अध्यक्ष रहेको यस शान्ति समाजले पहिलो पटक महिला नेतृत्व पएको हो ।

देशभरका ३६ वटै जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको बैठक नवलपुरको गैडाकोटमा भएको हो। बैठकमा विभिन्न प्रदेशका पर्यवेक्षकहरू समेत सहभागी भएका थिए।

नयाँ नेतृत्व चयनसँगै मानव अधिकार तथा शान्ति समाजले आगामी दिनमा मानव अधिकार संरक्षण र सामाजिक न्याय प्रवर्द्धनका लागि अझ सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय