latest
तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षकाे बजेट १ अर्व ४६ करोड  ||    अभिभावकविहीन बालबालिकाकाे नेतृत्व लिनेः बगनासकाली गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    अस्पताल विकास समिति विघटनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश  ||    सुत्केरी विदामा सट्टा शिक्षक राख्नेः माथागढी गाउँपालिकाकाे नीति तथा कार्यक्रम  ||    रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||   
बुधबार , असार ११, २०८२

पाल्पा, पुस ७

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशको साधारण सभा हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशको साधारण सभा यही माघ ५ गते शनिबार रुपन्देहीको बुटवलमा हुने नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमानन्द शर्माले जानकारी दिनुभयो ।

शनिबार कपिलबस्तुको शिबराजमा बसेको संघको बैठकले माघ ५ गतेका लागि मिति तय गरेको हो । संघका अध्यक्ष शर्माका अनुसार प्रदेशका १२ जिल्लाको साधारण सभा पुस मसान्त भित्र सकेर माघ ५ गते प्रदेशको साभारण सभा गर्ने तय भएको हो । पछिल्लो समय पाठ्यक्रम बिकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्र बीचको पाठ्यपुस्तकको मुल्यमा देखिएको फरकका कारण बिद्यालयमा बेरुजु देखिने र ब्यबसायी माथि दोष आउने देखिएकाले त्यस बिषयमा समेत गम्भिर छलफल हुने संघका सचिब दिपक भुषालले बताउनुभयो ।

बैठकले नेपाल पत्रकार महासंघ पाल्पाको निर्वचनमा जिल्ला अध्यक्षमा निर्वचित हुनुभएका संघका पूर्ब कोषाध्यक्ष कमलराज तिमिल्सेना, पाल्पा सल्लाहाकार राजेन्द्र लिगल केन्द्रिय परिषद सदस्य तथा पाल्पा सचिब बिष्णु खनाल कार्यसमितिमा मनोनीत हुनुभएकोमा बधाई ज्ञापन गरेको सचिब भुषालले जानकारी दिनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायीहरुको हकहितमा काम गर्दै आएको संघमा लुम्बिनी प्रदेशका १२ जिल्लाका ब्यबसायीहरु आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय