latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
आइतबार , साउन ३, २०८३

पाल्पाको बगनासकाली गाउँपालिका–१, चिलाङ्दीमा पुस ९ गतेदेखि हुने पाल्पा महोत्सवको तयारी तीव्र पारिएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवर्द्धनमा हुने महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।

पर्यटन प्रवर्द्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक नारायण न्यौपानेले बताए । महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्नेछन् भने कुल ३ करोडको कारोबार हुने अनुमान गरिएकाे छ । महाेत्सव स्थलमा बालउद्यानका सामाग्रीकाे व्यवस्थापन भैरहेकाे छ । महाेत्सव हुने स्थानमा स्टल निर्माणदेखी बारबेरकाे काम सकिएकाे र स्टेज निर्माण कार्य सुरू गरिएकाे छ ।

महोत्सवमा फोटो ग्यालरी, स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिनेछ ।

महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापार व्यवसाय, रेष्टुरेण्ट गरी १ सय ५० स्टल रहनेछन् । महोत्सवमा बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकार र कला केन्द्रले सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप आकर्षक गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय