latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
बुधबार , कार्तिक १९, २०८३

पाल्पा, असाेज १०

पाल्पाको सिद्धबाबा सुरुङमार्गको बाइपास ‘ब्रेक थ्रु’ भएको छ । सिद्दार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिकामा निर्माण भैरहेकाे सुरूङमार्ग अन्तर्गत बनेकाे बाइपास मुख्य सुरुङसम्म खनिएको हो ।

सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत कुल तीन मध्ये दुई बाइपासको निर्माण सकिएको हो । १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो र १ सय ३० मिटर लम्बाइ भएको तेस्रो बाइपास खनिएकाे आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताइन् । उनका अनुसार भदौ २६ गते तेस्रो र असोज ४ गते पहिलो बाइपास मुख्य टनेलसँग खनेर सकिएको हो । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिर तर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन अझ एक साता लाग्ने सूचना अधिकारी इन्जिनियर ज्ञवालीले बताइन् ।

उनका अनुसार दोस्रो बाइपासको लम्बाइ १ सय ६१ मिटर रहेको छ । यसको १ सय १७ मिटर सुरुङ खनिसकिएको छ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लम्बाइ अब आधा भन्दा बढी खनेर सकिएको उनले बताइन् । मंगलबार बेलुकीसम्म मुख्य टनेल ५८७. २२ मिटर लम्बाइ खनिएको सूचना अधिकारी ज्ञवालीले बताइन् ।

यस आयोजनामा ११२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । डेढ महिनाअघिदेखि विस्फोटक पदार्थ प्रयोग गरेर काम गरिएको छ । आयोजना कार्यालयका अनुसार दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खनिएको छ । अहिले सुरुङको भौतिक प्रगति २४.१७ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पछिल्लो एक महिनामा समग्र १० प्रतिशतले प्रगति बढेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय