latest
पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||    रैनादेवी छहरामा परिणाममुखी विकास प्राथमिकताः नीति तथा कार्यक्रम सार्वजनिक  ||   
मंगलबार , असार १०, २०८२
पाल्पा, पुस ७
रामपुर नगरपालिकामा शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
    नगरपालिका भित्रका प्राथमिक तहमा सञ्चालित ३० विद्यालय मध्ये २८ वटा प्राथमिक विद्यालयको सहभागितामा शैक्षिक सामग्री प्रदर्शन गरिएको हो । विद्यालयमा कक्षा शिक्षणको क्रममा प्रयोग गरिने शैक्षिक सामग्री , रहन सहन र संस्कृति अनुसारका सामग्री , दैनिक जिवनयापनमा प्रयोग गरिने मौलिक सामग्रीहरु प्रदशर्नीमा राखिएको थियो । विद्यालयमा कस्ता कस्ता शैक्षिक सामग्रीहरु प्रयोग गरिरहेका छन् र के के सामग्री कसरी प्रयोग गर्ने लगाएतका विषयमा जानकारी लिन र दिनका लागि शैक्षिक सामग्री प्रदशर्नी कार्यक्रमको आयोजना गरिएको रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । यो कार्यक्रमले कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि शैक्षिक सामग्रीको प्रयोग , यसको उपयोगिता र महत्व बुझाउन सघाउ पुगेको उपप्रमुख थापाले बताउनुभयो ।
    शिक्षकहरुलाई शैक्षिक सामग्री तयार पार्न सिकाउन र अनुभव आदानप्रदानका लागि पहिलो प्रयासको रुपमा प्रदर्शनी मेलाको आयोजना गरिएको रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । साथै पहिलो प्रयासको रुपमा प्राथमिक तहमा शिक्षण गराउने शिक्षकहरुले बनाएको शैक्षिक सामग्री प्रदर्शन गरिएको र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको शिक्षा अधिकृत काफ्लेले बताउनु भएको छ । प्रदर्शनीमा विरेन्द्र प्राथमिक विद्यालय रामपुर ८ प्रथम , ज्ञानमञ्जरी प्राथमिक विद्यालय रामपुर १ द्धितिय र शान्ती प्राथमिक विद्यालय रामपुर १ तृतिय भएको छ । उत्कृष्ट शैक्षिक सामग्री निर्माण गरि प्रथम , द्धितिय र तृतिय हुने विद्यालयले क्रमश नगद १० हजार , ७ हजार ५ सय र ५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ ।
रामतुलसी माध्यमिक विद्यालय रामपुर ५ वेझाँडमा भएको प्रदशर्नीमा कक्षा शिक्षणमा प्रयोग गरिने विभिन्न हस्तकलाका सामग्रीहरु राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय