latest
पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||    रैनादेवी छहरामा परिणाममुखी विकास प्राथमिकताः नीति तथा कार्यक्रम सार्वजनिक  ||   
मंगलबार , असार १०, २०८२

पाल्पा, मंसिर २५

मोटरबाटो ममर्तको क्रममा मृत्यू भएका डोजर चालकको परिवारलाई रामपुर नगरपालिकाले आर्थिक राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका धनविर खड्काको परिवारलाई राहत सहयोग स्वरुप नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रामपुर नगरपालिका वडा नं. १० को टोक्से पलेङ बाटो मर्मतको क्रममा पहिरोले डोजर पुरिएर ज्यान गुमाएका २४ बर्षिय खड्काको परिवारलाई नगरपालिकाले सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो ।

शान्तीनगर गाँउपालिका वडा नं. १ नयाँबस्ती निवासी खड्काकी श्रीमती पवित्रा खड्कालाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले एक लाख रुपैयाँ बराबरको बैंकको चेक हस्तान्तरण गर्नु भएको हो । नगरपालिका भित्रको सडक मर्मतको क्रममा ज्यान गुमाएकोमा दुख व्यक्त गर्दै परिवारलाई राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताउनुभयो ।

खड्काको गत असोज २२ गते वडा नं.१० को टोक्से पलेङ मोटरबाटो मर्मत संभारको क्रममा माथिबाट आएको पहिरोले ब्याकहोलोडर पुरिएर घाईते भएका खड्काको उपचारको क्रममा मृत्यू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय