latest
रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||   
मंगलबार , असार १०, २०८२

पाल्पाकाे तानसेन र रामपुर नगरपालिकामा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएकाे छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता , अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथथ ३२ औ अपांगता दिवस मनाइएकाे हाे ।

दिवसकाे अवसरमा तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरू बीच दाैड र घैटाे फाेड प्रतियाेगिता गरेकाे छ । यस्तै रामपुरमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा प्रशिक्षण गरिएकाे थियाे । तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि निर्माण भएका नीति र कानून जबसम्म व्यवहारमा कार्यान्वयनमा हुँदैन तबसम्म स्थानीय सरकारले गरेका कार्यहरूले सार्थकता पाउन मुस्किल पर्ने बताउनुभयाे । उहाँले फरक क्षमता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र सम्बर्दनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयाे । तानसेन नगरपालिकाको एक सय जना अपांगताहरुको सहभागीतामा खेलकुद प्रतियोगिता भएको थियोे । एक सय २० मिटरको दौड प्रतियोगितामा पूर्ण दृस्टीविहिन, शारीरिक अपांगता(होचा, पुडका) ले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै रामपुर नगरपालिकाले आईतबार एक कार्यक्रम गरी दिवस मनाएको हो । उक्त कार्यक्रममा बाेल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कानुन बने पनि सुविधा नपाउनु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । कार्यबहाक नगर प्रमुख खाँणले अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई कमजोर नसम्झन आग्रह गर्दै दक्ष र सक्षम बन्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले  अपाङ्गता भएका व्यक्तिहरुलाई सरल जीवन र जिविकोपार्जनका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय