latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, कार्तिक ४
पाल्पाको माथागढी गाउँपालिकाका जनप्रतिनिधि र पाल्पाका पत्रकारहरु बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार माथागढी गाउँपालिकाको सराई खेलमैदानमा जनप्रतिनिधि र पत्रकार बीच मैत्रीपूर्ण फुटवल प्रतियोगीता सम्पन्न भएको हो । खेलमा जनप्रतिधिहरुले पत्रकारहरुलाई ४–२ गोल अन्तरले पराजित गरे ।
खेलमा जनप्रतिनिधिको तर्फबाट शंकर दर्लामीले एक्लैले ३ गोल गर्नुभयो भने गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले एक गोल थप्नु भयो । पत्रकारको तर्फबाट  विजय बौडेल र दुर्गेश मल्लले एक एक गोल गर्नुभयो । दुबै टोलीबाट गोल गर्ने अन्य अवसर पाएपनि गोल हुन सकेन । पत्रकारको टोलीले पाएका दुई वटा पेनाल्टी सदुपयोग गर्न नसक्दा पराजित हुनु पर्यो ।
खेल उद्घाटन गर्दै प्रमुख अतिथी संघिय संसद नारायण प्रसाद आचार्यले मैत्रीपूर्ण खेलले आपसी भाईचारा बलियो बनाउने बताउदै यस खालका प्रतियोगीताले खेलकुदको बिकास र प्रचारमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा प्रदेश संसद खेम सारु, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको खेलकुद पत्रकार मन्च पाल्पाका अध्यक्ष माधब अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय