latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, असोज २०

श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औ बार्शिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार तानसेनमा एक कार्यक्रमका बीच आफ्नो साघारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री वीर बहादुर रानाले दीप र केक काटेर गर्नुभयो । प्रमुख अतिथि रानाले सहकारीको सुरुवात नेपालमा २०१३ सालमा सुरुभएको बताउदै जनताको गर्जो टार्ने काम सहकारीले गरेको बताउनुभयो । उहाँले सहकारीको उदेश्य एकाध सहकारीले गर्दा बदनाम भएको धारणा राख्नुभयो । प्रमुख अतिथि रानाले सहकारीको नेतृत्व र कर्मचारीको लगाबले यो सहकारी उत्कृष्ट भएको बताउनुभयो । सहकारी आफैमा सभ्य समाज निर्माण गर्ने भएकाले सृजनसिलतालाई जोडेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सहकारीले ज्येष्ठ नागरिक, अब्बल बिद्यार्थी, असल कर्मचारी, बचतकर्ता, उत्कृष्ट ऋणिहरुलाई सम्मान गरेकाले पनि सबैलाइ समेटेर श्रीनगर सहकारी अगाडि बढेको पाइएको बताउनुभयो । सहकारीले बचत र ऋण प्रभाह गर्ने मात्र नभैइ बहुउद्देश्यीय भावना हुनुनै राम्रो पक्ष रहेको धारणा राख्नुभयो ।

बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराईले ठुला बैंकहरु भन्दा सहकारीहरुले दुखी गरिब जनताको सेबा गरेको बताउनुभयो । सहकारीको मुटु भनेको सेयर सदस्य भएकाले सेयर सदस्यहरु चनाखो हुनुपर्ने धारणा राख्नुभयो । तानसेन नगरपालिका सहकारी शाखा प्रमुख बिष्णु पौडेलले सहाकारीहरुलाई नियमन गर्नका लागि स्थानीय तहले पाएको हुदा त्यही अनुरुप तानसेन नगरपालिकाले यहाँ राम्रो भुमिका खेलेको बताउनुभयो । सहकारीको क्षेत्रमा बिकृती आएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीबाट बचत भएको रकम उत्पादन मुलक क्षेत्रमा प्रयोग गर्न समेत सुझाव दिनुभयो । सेयर सदस्य, सल्लाहकार, पुर्ब अध्यक्ष, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

अध्यक्षको प्रतिबेदन संस्थाका अध्यक्ष झपेन्द्र गहिरेले सहकारीले यो बर्ष आफ्नै जग्गामा भवन निर्माण गर्ने, सहकारीलाई प्रबिधीमैत्री बनाउने, र बर्शिक १५ करोडको कारोबार गर्ने लक्ष्य, रहेको बताउनुभयो । सचिबको संगठनिक प्रतिबेदन प्रस्तुत गर्दै भरत शर्माले नाफा २० लाख रहेको जानकारी दिनुभयो । सहकारीमा ११ सदस्य सन्चालक समिति रहेको उहाँले बताउनुभयो । कोषाध्यक्षको प्रतिबेदन टेकराम श्रीषले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता , स्वागत सहकारीकि प्रबन्ध कविता नेपाल र संचालक सचिब भरत शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय