latest
बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||   
शुक्रबार , कार्तिक २१, २०८३
थम्मन थापा
बागलुङ जेठ २३
यहाँका नागरिक केहि समय पहिले नेपाल टेलिकमको नेटवर्क मार्फत कुराकानी गर्न डाँडाकाँडा धाउनु पर्ने बाध्यता थियो ।
नेटवर्क सिग्नलको सहज पहुँच नहुँदा कुरा गर्दा काटिने, मोवाईलमा सिग्नल कमजोर भएर आउने जाने गर्ने गर्थ्यो, डेटा चल्दैनथ्यो जसका कारण नागरिकले सहज मोवाईल सेवा पाएका थिएनन । यहाँका मानिसहरूलाई सूचना आदान प्रदान गर्न निकै कठिनाई झेल्नु परेको थियो ।
बागलुङ नगरपालिका वडा नं ११ रायडाँडामा नेपाल टेलिकमले मोवाईल सेवा विस्तार गरेसँगै यो समस्याको समाधान भएको छ । टेलिकमले बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको जनाएको छ ।
सेवा सुचारु भएपछि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । शर्माका अनुसार यसअघि त्यहाँ प्रभावकारी मोवाईल सेवा नहुँदा नागरिकलाई असहज भएको थियो ।
भौगोलिक विकटताका कारण छिमेकी वडाका  टावरको सिग्नल पहुँच घर तथा कार्यालयमा निकै कमजोर थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका झण्डै ३ सय घरधुरीमा मोवाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । रायडाँडा, भेडिखोर, बालौटे, राम्तोला लगायतका बस्ती टेलिकमको मोवाईल सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
“पहिले देखि नै मोवाईल सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर सेवा सुरु भइसक्यो, हामी स्थानिय खुशी छौँ”, स्थानिय फर्स बहादुर थापा मगरले भन्नुभयो ।
मोवाईलमा इन्टरनेटको लागि तत्काललाई थ्रिजी सेवा सञ्चालनमा रहेको छ । उक्त टावरमा छिट्टै निकट भविष्यमा चौंथो पुस्ताके फोरजी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।
बागलुङ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले मोवाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताउनुभयो । ग्रामीण क्षेत्रमा टेलिकमको मोवाईल सेवाले सञ्चारको क्षेत्रमा फडको मारेको वडा अध्यक्ष गौतमको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय