latest
नेशनल प्याथ ल्याब पाल्पामा सुरु, सुभारम्भको अबसरमा साउन महिना भरि छुट  ||    त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||   
सोमबार , साउन ४, २०८३

पाल्पा, बैशाख !&
बगनासकाली–९ चापपानीका गोपाल भट्टराई (८४) को अनुहारमा आइतबार खुसीको मुस्कान देखिन्थ्यो । किनकी गाउँमै वृद्धभत्ता पाएपछि सहर जानुपर्ने बाध्यता हटेको थियो । बैंक गाउँमै गएर उहाँको हातमा १२ हजार थमाएपछि उहाँ प्रफुल्ल देखिनुभयो । भत्ताको रकमले उहाँले आफूलाई हातखर्च सहज भएको बताउनुभयो ।
‘वृद्ध भत्ता लिन तानसेन पुग्नुपथ्र्यो, त्यहाँ आइजाइ, खाजा र यताउता गर्दा झण्डै हजार सकिन्थ्यो,’ भट्टराईले भन्नुभयो, ‘तर गतवर्षदेखि बगनासकालीको वडा कार्यालयबाटै पैसा पाएको छु । हातैमा पैसा आयो, खुसी त कति कति !’
बगनासकालीको सवै वडा कार्यालयमा बैंक पहुँच छैन । सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमै हाल्नुपर्ने भएपछि यहाँका वृद्धवृद्धा त्यसका लागि कि त पाल्पाको तासनेन पुग्नुपर्छ कि त गाउँ कार्यपालिकाको कार्यालयको काउण्टर पुग्नुपर्छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि दिन माया मारेर जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नेपाल बैंकसँगको सहकार्यमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । यो पटक सामाजिक सुरक्षा भत्ता वितरणको अभियान वडा नं. ९ चापपानीबाट गरिएको गाउँपालिका अध्यक्ष सरस्वती (दर्लामी) चिदी ले बताउनुभयो । यो अभियानलाई सवै वडामा पु¥याउने उहाँले बताउनुभयो ।
जेष्ठ नागरिकको सहजताको लागि गाउँमै पुगेर भत्ता वितरणलाई गतवर्षदेखि नियमित गरिएको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार गत आ.व.देखि नै जेष्ठ नागरिक, असक्त र अपाङ्गता भएकाहरूको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण भइरहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा र नेपाल बैंकको आयोजनामा पालिकाभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गर्दै गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले गाउँपालिकाको समन्वयमा सवै वडामा नेपाल बैंक पुग्ने बताउनुभयो । त्यहीँ वृद्धवृद्धालाई भत्ता वितरण गरिने प्रवक्ता थापाले बताउनुभयो । ‘बैंकका कर्मचारी तीन महिनामा एकपटक सबै वडामा पुग्दा जेष्ठ नागरिकले गाउँमै भत्ता पाउनुहुन्छ । हामीले बैंकका कर्मचारीलाई वडासम्म पुग्ने यातायात सुविधा दिएका छौं’, उहाँले भन्नुभयो, ‘बैंकले लाभग्राहीहरूलाई गाउँमै गएर वृद्धभत्ता वितरण गर्नुपर्नेछ ।’
आज आइतबार गाउँपालिकाको वडा नं. ९ सामुुदायिक सिकाई केन्द्र (सिएलसी) भवनबाट जेष्ठ नागरिक सँगै अन्य जेष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग, दलित बालपोषण लगायतको गरी १३७ लाभग्राहीले सेवा लिएको वडा अध्यक्ष ठानेश्वर तिमिल्सिनाले बताउनुभयो ।
गाउँपालिकाले दोस्रो त्रैमासिकदेखि इएफ्टी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाएको लेखा अधिकृत कोशलराज पौडेलले बताउनुभयो । ‘हामीले पाल्पामा अग्रस्थानमै विद्युतीय भुक्तानी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनायौं, उहाँले भन्नुभयो, ‘अहिले इएफ्टी प्रणाली प्रयोगभएपछि सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनेको छ ।’
गाउँपालिकाले वडामै भत्ता उपलब्ध गराउन थालेपछि वृद्धवृद्धा भने खुसी देखिन्थे । दुवै खुट्टामा शारीरिक समस्या भएर हिंडडुल गर्न मुस्किल भएका आंशिक अपाङ्ग दल बहादुर कनौजे भत्ता पाएपछि खुसी देखिनुहुन्थ्यो । बगनासकाली–९ का ८० वर्षीय अनुध्या ढकालले आइतबार बैंकको चेक र आफ्नो नागरिकता वडामा आइपुगेका बैंकका कर्मचारीलाई दिनुभयो । केही समयपछि बैंकका कर्मचारीले बाहिर उहाँ बसेकै ठाउँमा पुगेर १२ हजार रुपैंया दिनुभयो । यसरी गाउँमै वृद्धभत्ता पाउँदा सहज भएको उहाँले बताउनुभयो । ‘हामीले गाउँमा भत्ता थाप्न थालेको वर्षदिन बढी भयो । गाउँमै पाउँदा त धेरै खुसी छौं । सधैं यसरी नै गाउँमै पाइयोस् ।’ उहाँले भन्नुभयो ।
गाउँपालिकाका एम.आई.एस.अपरेटर भोजराज भट्टराईका अनुसार तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने ३ हजार १ सय ६४ लाभग्राही छन् । गाउँपालिकाले वैशाख ९ गतेदेखि १८ गतेसम्म सवै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तालिका सार्वजनिक गरिएको उहाँले सुनाउनुभयो । जसअन्तर्गत सोमबार वडा नं. ८ बराङ्दीबाट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय