latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, फागुन २४

बगनासकाली गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङधारा चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्ट सुविधा समेत राखिएकाे छ ।

अावश्यक पक्रिया पूरा गरी छिटै यसै भवनबाट गाउँपालिकाको प्रशासनिक कार्य सुरू गरिने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । चिर्तुङ्धारामा वडा कार्यालयसँगै रहेको गाउँपालिकालाई चिलाङ्दीमा स्थानान्तरण गरिने र सबै जनतालाइ सेवा दिने तयारी गरिएकाे हाे । नयाँ भवनबाट सबै वडाहरुलाई पायक नपर्ने र यसअघि गाउँपालिकाको केन्द्र सबै वडाहरुलाई पायक पर्ने गरी चिलाङ्दी तय गरिएकोमा सोही बमोजिम नै भवन निर्माण गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

२०७८ फागुन महिना ८ गते ठेकेदार कम्पनी न्यू ड्रयागन आर आर जे.बीसँग ६ करोड ४७ लाख ८४ हजार उनानब्बे रुपैंयाँमा भवन निर्माणका लागि सम्झौता गरी काम भएको निर्माण व्यवसायी राजेन्द्र केसीले बताउनुभयो । कुल लागत मध्ये ६० प्रतिशत संघीय सरकारको समानीकरण अनुदान रहेको छ भने ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

भवन बनाउन भैरव मन्दिर सामुदायिक बनको गौचरनको जग्गा २५ वर्ष लिजमा प्रयोग गर्न लिइएको हो । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी ३ आना जग्गामध्ये ११ आना जग्गाभित्र ४०१० वर्गफिटमा निर्माण भएको प्रशासकीय भवन ४ तलाको रहेको इन्जिनियर कुवरले बताउनुभयो ।

भवनलाई अपाङ्गतामैत्री बनाइएको छ । माथिल्लो तलामा जान र आउनका लागि लिफ्टको समेत ब्यवस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय